+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मन्थलीमा प्रचण्ड गर्मी, पाखोबारीका मकै सुक्न थाले

5 महीना पहिले प्रकाशित

रामेछाप । लगातार तीन साता लामो खडेरीका कारण मन्थलीमा प्रचण्ड गर्मी बढेको छ । स्थानीयहरु गर्मी छल्नका लागि मन्थलीबाट माथिल्ला टाकुराहरुमा निस्कन थालेका छन् ।

गर्मीका कारण पानीको खपत अत्याधिक बढेको छ । मन्थलीका २ वटा स्वीमिङ पुल र तामाकोशीमा पौडीखेल्नेहरु पनि बढ्न थालेका छन् । अघीपछि स्वीमिङ पुल प्राय खाली हुने गरेको थियो । दिउँसो गर्मीका कारण सडकमा सर्वसाधारण निस्कन छोडेका छन् भने व्यवसाय क्षेत्रमा किनबेचमा पनि मन्दि आएको छ । शनिबार मध्यान्ह मन्थलीको तापक्रम करिव ३८ डिग्री पुगेको थियो ।

यसैविच खडेरीका कारण पाखोबारीमा लगाएका मकै मर्न थालेका छन् । केहि साता अघी लगाएका मकैहरु पात बटारिएर मर्दै गएको स्थानीय किसानहरुले जनाएका छन् । बाँचेका मकैमा पनि फौजि किराको प्रकोपले किसानलाई थप पिरोलेको छ ।

जिल्लाको उच्च पहाडि क्षेत्रमा भने पानी बढ्ता हुन थालेको छ । दिनैको झरीले विकास निर्माणको काममा समेत प्रभाव परेको छ । आर्थिक बर्षको अन्त्य भएकाले आजभोली जताततै विकास निर्माणको कामको चटारो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले