रामेछापका सुनचाँदी व्यवसायीले पसल बन्द गरेर राखे कालो ब्यानर
5 महीना पहिले प्रकाशित
रामेछाप- रामेछापका सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेर कालो ब्यानर टाँगेका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका हुन् ।
बिहिवार नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ रामेछाप तथा कालिगड सङ्घर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक कर फिर्ता लिन माग गर्दै पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने माग राखेर सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ रामेछापका सचिव सिताराम लोहारले जानकारी दिए ।
सचिव लोहारकाअनुसार सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत लागू गनुपर्ने, सुन चाँदी कारोबारको लागि प्रस्ट नीति नियमावली निर्माण गर्नपर्नेलगायतका माग गर्दै जिल्लाभरका ५१ वटाभन्दा बढी सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायीहरूले आफ्ना पसलमा बन्द गरेर कालो ब्यानर राखेका छन् । उनीहरूले बिहिवार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनचाँदी व्यवसायीहरू असार ६ गतेसम्म चरणबद्ध आन्दोलका कार्यक्रम घोषणा गरी आन्दोलनमा रहेको सचिव लोहारले बताए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
