मन्थली नगरपालिकाका सवै बडा बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा
5 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको मन्थली नगरपालिकाका सबै १४ वटा वडालाई बुधबार बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको छ ।
मन्थली नगरपालिकाले केहि बर्ष देखि नगरपालिकालाई बालमैत्री सुशासनयुक्त नगर घोषणा गर्न विभिन्न ५१ वटा सुचकहरुलाई आधार बनाएर काम गर्दै आएको थियो । उक्त सूचकहरुको आधारमा सम्वन्धित पक्षले अनुगमन गरेपछि वडाहरुलाई बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको हो ।
बुधबार नगरपालिका १४ वटै वडामा विविध कार्यक्रम गरीएको छ । जिल्ला सदरमुकाम रहेको १ नम्बर वडामा आयोजित कार्यक्रममा संघीय सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम ) को प्रमुख आतिथ्यतामा र्याली तथा सफा गरीएको थियो । वडा अध्यक्ष होमप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त बनाउन योगदान गर्ने देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदास सहितलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा बालमैत्री स्थानीय सुशासनयुक्त घोषणाको बारेमा विभिन्न वक्ताहरुले आफ्ना धारणा राखेका थिए । हिजो मात्र रामेछाप नगरपालिकाका ९ वटा वडालाई बालमैत्री स्थानिय सुशासनयुक्त वडा घोषणा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
