किशोरी आत्मरक्षा तालिम
6 महीना पहिले प्रकाशित
रामेछाप । प्रदेश युवा परिषद बागमतिले रामेछापका विभिन्न ६ वटा विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ ।
मन्थलीमा संचालन हुने दुई दिने उक्त तालिमको बुधबार मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उदुघाटन गरे । श्रेष्ठले घर, समाज, विद्यालय र कलेजमा आईपर्ने अस्वभाविक हिंसाबाट बच्ने कला सिक्दा आत्मरक्षा गर्न सकिने भएकाले ध्यान दिएर तालिममा सहभागि हुन आग्रह गरे । आत्मरक्षाको शिप नहुदाँ कतिपय किशोरी र महिलाहरु लैङ्गीक हिंसामा पर्ने गरेका घटनाहरु भएकाले त्यसबाट जोगिन तालिम महत्वपूर्ण हुने उनले वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपककुमार घिमिरे, योग समितिका अध्यक्ष तथा शहिद स्मृति क्याम्पस मन्थलीका प्रमुख डा. भरत श्रेष्ठ, र युवा परिषदकी आरति पौडेलले तालिमको महत्व माथि प्रकाश पारेका थिए । तालिममा मन्थली, नागकन्या, शारदा संस्कृत, लिटिलस्टार, तामाकोशी र कर्कलादेवि स्कुलका किशोरीहरुको सहभागिता रहेको प्रशिक्षक पार्वति कडरिया सुवेदीले वताईन ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
