रामेछाप । प्रदेश युवा परिषद बागमतिले रामेछापका विभिन्न ६ वटा विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरेको छ ।

मन्थलीमा संचालन हुने दुई दिने उक्त तालिमको बुधबार मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उदुघाटन गरे । श्रेष्ठले घर, समाज, विद्यालय र कलेजमा आईपर्ने अस्वभाविक हिंसाबाट बच्ने कला सिक्दा आत्मरक्षा गर्न सकिने भएकाले ध्यान दिएर तालिममा सहभागि हुन आग्रह गरे । आत्मरक्षाको शिप नहुदाँ कतिपय किशोरी र महिलाहरु लैङ्गीक हिंसामा पर्ने गरेका घटनाहरु भएकाले त्यसबाट जोगिन तालिम महत्वपूर्ण हुने उनले वताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपककुमार घिमिरे, योग समितिका अध्यक्ष तथा शहिद स्मृति क्याम्पस मन्थलीका प्रमुख डा. भरत श्रेष्ठ, र युवा परिषदकी आरति पौडेलले तालिमको महत्व माथि प्रकाश पारेका थिए । तालिममा मन्थली, नागकन्या, शारदा संस्कृत, लिटिलस्टार, तामाकोशी र कर्कलादेवि स्कुलका किशोरीहरुको सहभागिता रहेको प्रशिक्षक पार्वति कडरिया सुवेदीले वताईन ।