रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । बुधबार संघका अध्यक्ष नविनकुमार थापामगरले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ह्वीलचियर हस्तान्तरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा अपाङ्गमैत्री ¥याम भएपनि उक्त ¥याममा गुडाउने ह्वीलचियर थिएन । कार्यालयको प्रवेशद्वार सम्म सवारी साधनमा आर्यपुग्ने अपाङग सेवाग्राहिहरुलाई ¥यामबाट सेवा प्रवाह हुने फाँट सम्मको पहुँचमा पुग्न यसअघी हुदै आएको कठिनाई अव हटेको प्रमुख जिल्ला अधिकारी थापाले वताए । उनले कार्यालय परिसरबाट ह्वीलचियरमा अव नागरिकता र राहदानी फाँट सम्मनै अपाङ्ग सेवाग्राहिहरुको पहुँच पुग्नेछ ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रामेछाप उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा रहने गरी ह्वीलचियर उपलव्ध गराएको संघले जनाएको छ ।