रामेछाप । सरकार र आन्दोलनरत यातायात व्यवसायी विच सहमति भएपछि बुधबार विहानै देखि यातायातका साधन संचालन हुन थालेका छन् ।
रामेछापको मन्थली र ग्रामिण वस्तीबाट यातायातका साधन यात्रु राखेर गन्तव्यका लागि गुडेका छन् । मंगलबार बेलुका अवेर गण्डकी प्रदेश सरकारले बनाएको नियमावली १ महिनाका लागि स्थगन गर्ने निर्णय गरे सगैं व्यवसायीहरुले अनिश्चितकालिन बन्द फिर्ता लिएका थिए ।
गण्डकी प्रदेश सरकारले राईड शेयरिङ सम्बन्धि नियमावली बनाउदा निजी नम्बर प्लेट भएका सवारी साधनले समेत यात्रु बोक्न पाउने हुदाँ सार्वजनिक भाडाका सवारी साधन संचालनमा संकुचन आउदै भन्दै यातायात व्यवसायीहरुले सोमबार देखि देशभर यातायात ठप्प पारेका थिए । यातायात बन्दले विरामी, महिला, बालबालिका, विद्यार्थी र वृद्धबृद्धाहरु समस्या परेका थिए ।
