पुछिघाटको पुल मर्मत थालियो, अहिले बाँस राखेर मर्मत हुने
6 महीना पहिले प्रकाशित
रामेछाप । गत असोजमा सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त पारेको रामेछाप र सिन्धुली जोड्ने पुछिघाटको पुल अस्थायी मर्मत गर्न थालिएको छ ।
पुल मर्मतमा सम्लग्न प्राविधिक हरिचन्द्र बरालका अनुसार अहिले अस्थायी रुपमा मर्मत थालिएको हो । बाँस राखेर मानिस सहज आवत जावत गर्ने गरी पुलको मर्मत गर्ने योजना छ ।
खाँडादेवि गाउँपालिकाको अग्रसरतामा पुल मर्मत थालिएको हो । पुलको विस्तृत मर्मत भने संघीय सरकारको पूर्वाधार विकास विभागले गर्नेछ । विभागमा पुल मर्मतका लागि लागत अनुमान तयार गरी पठाइसकिएको भएपनि चालु आर्थिक बर्षमा सरकारले आवश्यक बजेट निकाशा नदिदा उक्त कार्य हुन सकेको थिएन ।
रामेछापको खाँडादेवि ४ मा पर्ने पुछिघाटका बालबालिकाहरु माध्यमिक तहको विद्यालय अध्ययन गर्न सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा जानुपर्ने बाध्यता छ । त्यसबाहेक काठमाडौं जाउआउ र वजार समेत सिन्धुलीमा निर्भर गर्नुपर्ने भएकाले स्थानीयहरु असोज यता क्षतिग्रस्त पुलमा झुण्डिएर यात्रा गर्न बाध्य थिए । गाउँपालिकाको विपत व्यवस्थापन समितिले सुनकोशीमा राफ्टिङ व्यवस्था गरेपछि तार्ने व्यक्ति हमेसा नपाउदा अधिकांश बटुवा पुलको लठ्ठामा झुण्डिएर वारिपारी गर्न विवस थिए । बरालका अनुसार अवको केहि दिनमा पुलमा सहज आवागमन हुन सक्नेछ ।
बाढीले क्षतिग्रस्त बनाएको खाँडादेवि १ को बेलघारी र सुनकोशी गाउँपालिकाको पुरानो झाँगाझोली जोड्ने सुनकोशीको पुलमा पनि बाँस राखेर मर्मत गरिएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
