यस बर्ष पनि रणजोर पुल अधुरै रहने
6 महीना पहिले प्रकाशित
रामेछाप । मन्थली देखि सालु जाने सडकमा पर्ने रणजोर खोलामा निर्माणाधिन पक्कि पुल यसबर्ष पनि अधुरै रहने भएको छ । सरकारले आवश्यक बजेट नदिदा पुलको निर्माण कार्य अधुरो रहने भएको हो ।
रणजोर खोलाको पुल २ बर्षमा सक्ने गरी २०७७ जेठ १ मा संझौता भएको थियो । तर ५ बर्ष वितिसक्दा पनि पुल अधुरै छ । पहिले निर्माण व्यवसायीले विभिन्न कारण देखाउदै काममा चासो दिएनन् । त्यतिबेला सरकारले पैसा प्रयाप्त विनीयोजन गरेको थियो । अहिले पैसा थोर विनियोजन गरेको थियो तर निर्माण व्यवसायीले धेरै काम गरे । ठेक्का लगाउने निकायले भुक्तानी दिन सकेको छैन् ।
पुल निर्माणका लागि दिवा / भुवनेश्वरी जेभि संग कुल ९ करोड ६४ लख ५ हजारु ३ सय ८४ मा संझौता भएको थियो । पुलको डिजाईन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुदाँ र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख पुगेको छ । निर्माण कार्य वापत हाल सम्म ९ करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने गरि प्राविधिक मूल्याकन भएको छ । त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी गर्नै बाँकी छ ।
पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर दोर्णवहादुर चौधरीका अनुसार पुल निर्माणका लागि २०८१ साल माघ ३० गते सम्म म्याद रहेको थियो । उक्त म्याद समाप्त भएको तर निर्माण कार्य बाँकी हुनुका साथै भुक्तानीका लागि रकम नभएकोले फेरी म्याद थप गर्ने प्रकृया शुरु भएको छ । पैसा प्रयाप्त भयो भने आउदो असार सम्म म्याद थपेर त्यसबेला सम्म काम सक्ने योजना कार्यालयको छ । तर माथिल्लो निकायले पैसा दिने भरोसा भने नभएको उनले वताए । ‘हामीले बारम्बार पत्राचार गरेका छौं तर पैसा आएन’ चौधरीले भने । पुल निर्माण संघीय सरकारको सशर्त अनुदानबाट हुदै आएको छ ।
कुल १ सय २० मिटर लामो उक्त पुल दुई तर्फि यातायात संचालन हुने गरि बनाइएको छ । पुलको स्याव ढलान सकिएको भएपनि पुलमा पुग्ने पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको छ । खराखरी गर्दा अवको दुई महिनामा पुलको काम सकिने स्थानीयको अनुमान छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
