रामेछाप । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा रामेछापमा क्रियाशिल पत्रकारहरुको आँखा परिक्षण गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तरगत रहेको रामेछाप सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा पत्रकारहरु निशूल्क आँखा परिक्षण तथा चस्मा वितरण गरिएको होे । जिल्लाका अधिकांश संचारकर्मीले उक्त सुविधा लिएका थिए । युनियनले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
