+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

यातायात बन्दको प्रभाव रामेछापमा पनि

6 महीना पहिले प्रकाशित

रामेछाप । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातमा राईड सेयरिङ नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरुले गरेको आन्दोलनको असर सोमबार विहानै रामेछापमा समेत परेको छ ।

रामेछापका ग्रामिण भेगमा जाने आउने कुनै पनि सार्वजनिक यातायातका साधन सोमबार संचालन भएका छैनन् । पूर्व अरनिको, हिमाल तराई, त्रिवेणी, सुपरसिटि, सिटिभिलेज लगाएतका यातायात समितिले आफ्ना टिकट काउण्टर समेत बन्द गरेका छन् । यातायात ठप्प हुदाँ वजार सुनसान जस्तै छ ।

प्रदेशको नियमावली संघीय सरकारको सार्वजनिक यातायात सम्बन्धि ऐन संग बाझिएको भन्दै त्यसले सार्वजनिक यातायात सेवा प्रभावित हुने भन्दै व्यवसायीहरुले चर्को विरोध गरेका हुन् । व्यवसायीहरुले उक्त नियमावली खारेज सहितका विभिन्न ७ बुँदे माग अघी सारेका छन् ।

यसैविच विहानै देखि यातायात बन्दको प्रभाव मुलुकभर परेपछि गृह मन्त्रालयले यातायात व्यवसायीहरु संग बार्ता थालेको छ । गृह मन्त्रालयमा हाल बन्द फिर्ता लगाएतका विषयमा व्यवसायी र सरकारका प्रतिनिधिहरुका बिच वार्ता भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले