हरीहरपुरगढी गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा
6 महीना पहिले प्रकाशित
सिन्धुली । पश्चिमी सिन्धुलीको हरीहरपुरगढी गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । आईतबार हरिहरपुरगढी गाउँपालिकामा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका १५ महिना भन्दा कम उमेरका ४ सय २३ जना बालबालिकाहरुले नियमित खोप लगाईरहेका र १६ महिना देखि ५९ महिना सम्मका १ हजार २ सय ५३ जना बालबालिकाहरुलाई पूर्ण खोप लगाइसकेकाले पालिकालाई पूर्ण खोप तथा दिगोपना सूनिश्चितता गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराका अनुसार उक्त घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा, उपाध्यक्ष चेखवहादुर थिङ लगाएतले पूर्ण खोप सूनिश्चितताका लागि स्वास्थ्यकर्मीहरुको प्रयासको प्रशंसा गरेका थिए । कार्यक्रममा पूर्ण खोप अभियानमा लागेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
