+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मन्त्री खड्का द्वारा सुनकोशी मरिण बहुउद्धेश्यिय आयोजना अवलोकन्

6 महीना पहिले प्रकाशित

रामेछाप । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आईतबार राष्ट्रिय गौरबको सुनकोशी मरीण बहुउद्धेश्यीय आयोजनाको अनुगमन गरेका छन् ।

मन्त्री खड्काले रामेछाप र सिन्धुली जिल्लाको सिमा भएर बग्ने सुनकोशी नदीको सिल्लीबजार क्षेत्रमा निर्माणाधिन आयोजनाको बाँधको अवलोकन गरी निर्माणको अवस्थाका बारेमा जानकारी लिए । उनले राज्यको ठुलो महत्वको उक्त आयोजना निर्धारित समयमानै सम्पन्न गर्न निर्माण कार्यलाई अझ तिव्रता दिनुपर्ने बताए । मन्त्री खड्काले विद्युत र सिंचाई दुवैका लागि सुनकोशी मरिण उद्धेश्यिय आयोजना नेपालकै नमुना आयोजनाको रुपमा रहेकोले कुनै पनि कमजोरी हुन नदिई निर्माण कार्यमा गुणस्तरता कायम गर्न समेत निर्देशन दिए ।

आईतबार विहान रामेछापको मन्थली नगरपालिका ६ सिल्लीबजार क्षेत्रमा निर्माणाधिन बाँध अवलोकन गर्ने क्रममा आयोजनाका प्राविधिक अधिकारीहरुले आयोजनाको निर्माणको अवस्था र भावि दिनमा संचालन गर्ने क्रियाकलापका बारेमा मन्त्री खड्कालाई जानकारी गराएका थिए ।

मन्त्री खड्कालले आईतबारनै आयोजनाको आयोजनाको सुरुङ र आयोजनाका अन्य महत्वपूर्ण संरचनाका साथै मरिणखोला नियन्त्रण कार्यको समेत अनुगमन गरेका थिए ।

यसैबिच आईतबारनै नेपाली काँग्रेस सिन्धुलीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खड्काले संविधानको रक्षा र कार्यान्वयनका लागि सरकार गम्भिर भएर लागेको वताए । उनले मुलुकमा अस्थिरता निम्त्याएर व्यवस्थानै परिवर्तन गर्न सकिन्छ कि भन्ने तत्व सल्बलाउन लागेको भन्दै त्यस्ता तत्वलाई नियन्त्रण गरी गणतान्त्रिक संविधानको रक्षा गर्न सरकार सक्षम रहेको वताए ।

त्यसैगरी प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समेत मन्त्री खड्काले संवोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले