रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने माझी बस्ति हातिटार नजिकको रमणीय खेत लाई तामाकोशीको डुबानबाट जोगाउनका लागि अव हाल भइरहेको सतह भन्दा उकासिने भएको छ । सुनकोशी मरिण बहुउद्धेश्यीय आयोजनाको बाँधका कारण डुबानमा पर्ने भएपछि हातिटारको खेत उकास हुने भएको हो ।
सुनकोशी मरिण बहुउद्धेश्यीय डाईभर्सन आयोजनाले हातिटारको झण्डै २७ हेक्टर खेतमा माटो पुरेर उकास गर्ने योजना अघी सारेको छ । त्यसका लागि डिजाईन समेत भइसकेको जनाइएको छ ।
बाँधका कारण तामाकोशीमा जम्ने पानीले खेत डुबानमा पर्ने भएकाले स्थानीयको परम्परा देखि भोगचलन गर्दै आएको र केहि दर्ता समेत भएको जमिन डुबानमा पर्ने र त्यसले हातिटार क्षेत्रमा बसोवास पर्ने नागरिकलाई खाद्यान्न संकट हुने भएपछि आयोजनाले नदी किनारको खेत पुुरेर खेतिप्रणालीलाई साविकै अवस्थामा ल्याउने भएको हो ।
उकास भएको जग्गा साविककै जग्गाधनिलाई उपलव्ध हुने छ । हातिटारमा परम्परादेखि भोगचलन गर्दै आएको जमिन माथि उकास हुनेभएपछि माझी समुदायमा खुसीयाली छ । यसैविच तामाकोशीले डुबान गर्ने अन्य क्षेत्रको भने आयोजनाले मुआव्जा वितरण गरी जग्गा प्राप्त गरिसकेको छ ।
