+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

हातिटारको खेत डुबानबाट जोगाईने

6 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने माझी बस्ति हातिटार नजिकको रमणीय खेत लाई तामाकोशीको डुबानबाट जोगाउनका लागि अव हाल भइरहेको सतह भन्दा उकासिने भएको छ । सुनकोशी मरिण बहुउद्धेश्यीय आयोजनाको बाँधका कारण डुबानमा पर्ने भएपछि हातिटारको खेत उकास हुने भएको हो ।

सुनकोशी मरिण बहुउद्धेश्यीय डाईभर्सन आयोजनाले हातिटारको झण्डै २७ हेक्टर खेतमा माटो पुरेर उकास गर्ने योजना अघी सारेको छ । त्यसका लागि डिजाईन समेत भइसकेको जनाइएको छ ।

बाँधका कारण तामाकोशीमा जम्ने पानीले खेत डुबानमा पर्ने भएकाले स्थानीयको परम्परा देखि भोगचलन गर्दै आएको र केहि दर्ता समेत भएको जमिन डुबानमा पर्ने र त्यसले हातिटार क्षेत्रमा बसोवास पर्ने नागरिकलाई खाद्यान्न संकट हुने भएपछि आयोजनाले नदी किनारको खेत पुुरेर खेतिप्रणालीलाई साविकै अवस्थामा ल्याउने भएको हो ।

उकास भएको जग्गा साविककै जग्गाधनिलाई उपलव्ध हुने छ । हातिटारमा परम्परादेखि भोगचलन गर्दै आएको जमिन माथि उकास हुनेभएपछि माझी समुदायमा खुसीयाली छ । यसैविच तामाकोशीले डुबान गर्ने अन्य क्षेत्रको भने आयोजनाले मुआव्जा वितरण गरी जग्गा प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले