रामेछाप । जिल्ला प्रशासन कार्यालयबाट हुने कार्यसम्पादनको आधारमा गृह मन्त्रालयले गर्ने मूल्याङ्कनमा रामेछापले प्रथम स्थान हासिल गरेको छ ।
गृहले अघील्लो त्रैमासिक अवधिमा ( माघ देखि चैत सम्म ) ७७ वटा जिल्ला प्रशासन कार्यसम्पादनको मूल्यांङ्कन गरी नतिजा सार्वजनिक गरेको हो । कुल १८.५ पूर्णाङ्कमा गरिएको मूल्याङ्कमा रामेछापले १८ दशमलव १२५ अङ्क प्राप्त गरेको छ । रामेछाप सहित ईलाम, नुवाकोट, भक्तपुर र स्याङ्जाले समान अङ्क पाएर प्रथम स्थान ओगटेका छन् ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको कार्यकालमा पौडेलबाट भएका कार्यसम्पादन र सूचकहरु अपलोडको आधारमा रामेछापले उक्त स्थान हासिल गरेको हो । त्यस भन्दा अघील्लो त्रैमासिकमा रामेछापले द्धितिय स्थान ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने शान्तिसुरक्षा, विपत व्यवस्थापन, सेवा प्रवाह, विकास निर्माण कार्यको अनुगमन र सहजिकरण, विवाद समाधान, कार्यालयको आन्तरिक व्यवस्थापन लगाएत करिव १ सय वटा सूचकको आधारमा केहि बर्ष देखि गृह मन्त्रालयले मूल्यांकङ्कन गर्दै आएको छ ।
गत त्रैमासिक अवधिमा रसुवाले १८ अङ्क ल्याएर द्धितिय र १७ दशमलव ९३७५ अङ्कका साथ काठमाडौं र तनहुँ जिल्ला तृतिय स्थान ओगटन् सफल भएका छन् । मूल्याङ्कनका आधारमा नबलपरासी पूर्व सबैभन्दा पछि परेकाे छ । उक्त जिल्लाले कुल ७ दशमलव ६२५ अङ्क पाएकाे छ ।
