+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

विद्यार्थीसंग जनप्रतिनिधि अन्तरसंवाद

6 महीना पहिले प्रकाशित

मुलकोट ( सिन्धुली ) सुनकोशी गाउँपालिका सिन्धुलीले शुक्रबार गाउँपालिका भित्रका विभिन्न १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जनप्रतिनिधि संग राखेर अन्तरसंवाद गराएको छ ।

सामुदायिक शिक्षा क्षेत्रमा बढ्दो लगानी, गिर्दो प्रतिफल भइरहेका बेला आयोजित अन्तरसंवादमा विद्यार्थीहरुले आफ्नो विद्यालयमा भएका समस्याहरु खुलेर जनप्रतिनिधिहरु माझ राखेका थिए ।

विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको, सौचालय र पानीको व्यवस्था नभएको, विद्यालयले शूल्क लिने गरेको, विभिन्न पुस्तकहरु खरिदगर्नु परेको जस्ता समस्याहरु जनप्रतिनिधिहरु समक्ष राखेका थिए । विद्यार्थीहरुले राखेका समस्याहरुको बारेमा सम्बन्धित वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष कपिल कोईरालाले जफाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष बोहोराले सुनकोशी गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेकोले त्यसको उपलव्धि खोजेको वताईन । शिक्षामा लगानीको अभाव हुदैन, शिक्षक र व्यवस्थापन समितिबाट हुने गरेका कमी कमजोरीहरु भए तत्काल कारवाहिको दायरामा ल्याईने उनले वताईन । समस्या देखाएर मात्र शिक्षामा गुणस्तर नआउने भएकाले त्यसका लागि मनै देखि सुधारका लागि सवैले लाग्नुपर्नेमा उनले जोड दिईन ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ( राजन ) ले वदलिदो परिवेशमा सर्टिफिकेटले मात्र नपुग्ने भन्दै स्वअध्ययन महत्वपूर्ण भएको वताए । उनले प्रतिस्पर्धात्मक शिक्षा हुन सक्यो भने मात्र भोलीका दिनमा समाज सुधार र व्यक्तिगत प्रगतिको संभावना रहेको औल्याए । उनले शिक्षाको विकास ठुला भवन र पूर्वाधारहरु बनाउदैमा नपुग्ने वताए ।
कार्यक्रममा सुनकोशी गाउँपालिकाका उप प्रमुख कपिलकुमार कोईराला, प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी लगाएतले शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेका उल्लेख्य सुधारका बारेमा प्रष्ट पारेका थिए ।

यसैविच सुनकोशी गाउँपालिकाले ृचिकित्साशास्त्र अध्ययन गर्न छनौट भएका ३ जना , गएको बर्षको एसुईई परिक्षामा पालिका प्रथम हुने १ जना र प्राविधिक धारमा अध्ययन गर्दै आएका ४६ जना विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गरेको छ ।

चिकिस्साशास्त्रमा अध्ययनका लागि छनौट भएका विद्यार्थीहरुलाई प्रति विद्यार्थी २ लाख, एसईईमा प्रथम हुने लाई १ लाख र प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रति विद्यार्थी १६ हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । उक्त छात्रवृति सांसद लेखनाथ दाहालले हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले