रामेछाप । मन्थलीमा केहि दिन देखि अत्याधिक गर्मी महसुस भएको छ । चार दिन देखि चर्किएको घामका कारण सर्वसाधारणहरु सडकमा देखिएका छैनन् । अत्यावश्यक काम पर्नेहरु फाट्टफुट्ट मात्र सडकमा हिडीरहेका देखिन्छन् ।

शुक्रबार मन्थलीको तापक्रम ३४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यो कोठा भित्रको तापक्रम हो । जल तथा मौसम विज्ञान विभागले विहिबार राती देखि पूर्वि नेपालको कोशी प्रदेशबाट मनसुन भित्रीएको भने पनि सिमावर्ति रामेछापमा शुक्रबार साँझ सम्म पानी पर्ने सुरसार छैन् ।