मन्थलीमा खानेपानी संकट
6 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप । तामाकोशी नदीमा पानीको सतह तल पुगेपछि खानेपानी लिफ्ट गर्नका लागि निर्माण गरिएका ईन्टेकमा प्रयाप्त पानी आउन छोडेको छ । अत्याधिक गर्मी भएको यो साता धारामा प्रयाप्त पानी नआउदा स्थानीय संकट बोहोर्न बाध्य छन् । समितिले केहि दिन अघी सूचना जारी गरी ईनारमा पानी नभएकाले प्रयाप्त पानी वितरण हुन नसकेको जनाउ दिएकाे थियाे ।
ईन्टेकमा आवश्यक मात्रामा पानी जम्मा नहुदाँ मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिले उपभोक्ताको धारामा केहि दिन देखि पहिले झै आवश्यक मात्रामा पानी पु¥याउन सकेको छैन् । थोरै पानी केहि क्षण भएपनि सवै उपभोक्ताको घरमा पु¥याउन पनि धौ धौ परेको समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीले वताएका छन् ।
खडेरीले तामाकोशीको पानीको सतह हरेक बर्ष जस्तो घट्ने क्रममा छ । साविकमा समितिले झण्डै तिनलालपार्कको नजिकै ईनार बनाएर पानी तानेको थियो । केहि बर्ष देखि तामाकोशी किनारमा ईनार थप गरि पानी तान्नु परेको भन्दै सुवेदी भन्छन् – अहिले त्यसबाट पनि काम चलेन, अव फेरी पर अर्थात पश्चिम तिर (कोशीकै छेउ ) झन गहिरो ईनार बनाउनु पर्ने अवस्था आईलाग्यो ।
ईनारमा पानी बढाउन सकिएला कि भन्ने सोचले समितिले केहि दिन अघी भित्र रहेका बालुवा र ढुंगा aझिकेको थियो । त्यसले थोरै केहि मात्रामा पानी बढ्न त बढ्यो तर मोटरका लागि प्रयाप्त पानी आएन । इनारमा हालेको पम्प पानीले डुब्नु पर्छ । तर अहिले पम्प डुब्ने मात्र आउदैन्, पुग्दैन । पम्प डुब्ने पानी नहुदा बारम्बार अटो अफ हुने समस्याले पानी लिफ्टमै समस्या भएको हो । हरेक आधा घण्टामा मेसिन अफ हुने र पानी भरिएर तान्नका लागि अर्को आधा घण्टा कुर्नुपर्ने बाध्यता छ ।
तामाकोशीको किनारबाट दैनिक झण्डै १८ देखि २० घण्टा सम्म निरन्तर पानी लिफ्ट गरेर माथि डाडाँको टंकीमा खसाल्ने अनि झण्डै १ हजार उपभोक्ताको धारामा पठाउने काम समितिले गर्दै आएको छ । ‘पानीको अप्रयाप्तताका कारण अहिले उपभोक्ताहरुको आवश्यकता धान्ने पानी पठाउन सकिएको छैन् ’ सुवेदी भन्छन् – पानी सुकेकाले यो समस्या आएको हो, हाम्रो बसमा भएन ।
समितिले जेठ महिना भर यो समस्या हुन सक्ने आकलन गरेको छ । असार लागेपछि नदीमा पानीको सतह माथि आउने हुदाँ त्यसबेला सम्म थोरै पानीबाट आवश्यकता धान्न समितिले उपभोक्ताहरुलाई सूचना पठाएको समितिका सचिव ढाकलवहादुर थापा वताउछन् । ‘मेसिन चलाउन र पानी पठाउन हामीले कुनै कन्ज्युस्याई गरेको हैन्, ईनारमा प्रयाप्त पानी नभएकाले पानीमा डुबाउने मेसिननै ट्रिप हुने भएकाले हाम्रो केहि लागेन’ थापाले वताए ।
मन्थलीका लागि भलुवाखोला र मचवारी दुई स्थानबाट ल्याएका पानीको भर छैन् । हिउँद लाग्ना साथ उक्त स्थानका दुवै मुलमा पानी सानो हुदाँ उपभोक्ताहरुलाई तामाकोशी किनारकै ईनारबाट लिफ्ट गरेको पानी पठाउने गरिएको छ ।
ईनारमा पानी यो बर्ष मात्र हैन, आउदो बर्षमा पनि कमी हुने र यसै प्रकारको समस्या हुने भएकोले समितिले बागमति प्रदेशको खानेपानी मन्त्रालयमा तामाकोशी छेउमै अर्को गहिरो ईनार निर्माणका लागि प्रश्ताव पठाएको छ । समितिका कोषाध्यक्ष कृष्णवहादुर बस्नेत भन्छन् – थप गहिरो ईनार बनाउन सकियो भने आउदो हिउँदमा फेरी पानीको संकट बेहोर्नु पर्दैन् भन्ने आशा छ ।
मन्थलीमा मात्र हैन, नदीको सतह घटदा अधिकांश लिफ्ट खानेपानी योजनाले प्रयाप्त मात्रमा पानी लिफ्ट गर्न सकेका छैनन् । लामो खडेरीका कारण रामेछाप जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश ग्रामिण वस्तीमा तामाकोशी र सुनकोशी किनारमा ईनार बनाई पानी लिफ्ट गरेर वितरण गर्ने गरिएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
