मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अन्तिम तयारी
6 महीना पहिले प्रकाशित
रामेछाप । मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा अन्तिम चरणमा पुगेको बेला बुधबार सार्वजनिक सुनुवाई भएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७९।८० देखि नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि विभिन्न कृयाकलाप गर्दै आएको थियो । बुधबार गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त अभियान अन्तरगत वडा स्तरमा गरिएका प्रयासहरु र त्यसमा लागेको खर्चको विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यमा भएको थियो ।
नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि कतिपय सूचकहरु प्रति सहभागिहरुले जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाहरुको नगर प्रमुख लब श्रेष्ठ, वडा अध्यक्षहरु र सरोकारवाला पक्षका प्रतिनिधिले जवाफ दिएका थिए । नगरपालिकाले यसै आर्थिक बर्ष भित्र बालमैत्री शासनयुक्त नगर घोषणा गर्नेछ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
