रामेछाप । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियनको रामेछाप शाखाले मंगलबार साँझ मन्थलीमा दीप प्रज्वलन गरेको छ । युनियनद्धारा आयोजित उक्त कार्यक्रम जननायक बिपी कोईरालाको शालिकमा भएको थियो ।
नेपाली काँग्रेसका रामेछाप जिल्ला सचिव दिपक खड्का र प्रेस युनियनका पदाधिकारीहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागिता रहेको थियो । यसै अवसरमा मंगलबार विहान मन्थली अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
