+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

प्रजिअले घरमै पुगेर नागरिकता प्रदान

6 महीना पहिले प्रकाशित

रामेछाप । अपाङ्गताका कारण घरमै थला परेर नागरिकताको प्रमाण पत्र समेत लिन नसकेकी मन्थली नगरपालिका १३ कि शान्ति बुढाले ४९ बर्षको उमेरमा मंगलबार घरमै नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छिन् ।

नागरिकता जारी गर्नका लागि आवश्यक प्रकृया पुरा गरेर कर्मचारी सहित मंगलबार शान्ति बुढाको घर फुलासीमा पुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उनीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन् । नागरिकताको अभावमा बुढा  राज्यले दिने सामाजिक सुरक्षा वापतको सुविधाबाट बुढा बञ्चित हुदै आएकी थिईन् ।

अपाङ्गता र अन्य रोगले घरमै थलिएका सर्वसाधारणलाई बोकाएर जिल्ला सदरमुकामको कार्यालय सम्म नागरिकताका लागि ल्याउन र लैजान कठिनाई हुने कुरा मनन गरी थापाले उनकै घरमा पुगेर नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले केहि अघी देखि यस प्रकारको सेवा रामेछापका विभिन्न स्थानमा उपलव्ध गराउदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले