रामेछाप । अपाङ्गताका कारण घरमै थला परेर नागरिकताको प्रमाण पत्र समेत लिन नसकेकी मन्थली नगरपालिका १३ कि शान्ति बुढाले ४९ बर्षको उमेरमा मंगलबार घरमै नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
नागरिकता जारी गर्नका लागि आवश्यक प्रकृया पुरा गरेर कर्मचारी सहित मंगलबार शान्ति बुढाको घर फुलासीमा पुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उनीलाई नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन् । नागरिकताको अभावमा बुढा राज्यले दिने सामाजिक सुरक्षा वापतको सुविधाबाट बुढा बञ्चित हुदै आएकी थिईन् ।
अपाङ्गता र अन्य रोगले घरमै थलिएका सर्वसाधारणलाई बोकाएर जिल्ला सदरमुकामको कार्यालय सम्म नागरिकताका लागि ल्याउन र लैजान कठिनाई हुने कुरा मनन गरी थापाले उनकै घरमा पुगेर नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले केहि अघी देखि यस प्रकारको सेवा रामेछापका विभिन्न स्थानमा उपलव्ध गराउदै आएको छ ।
