रामेछाप । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईदै छ । यसै सन्दर्भमा नेपाल प्रेस युनियन रामेछाप शाखाले मन्थलीका अस्पतालमा भर्ना भई उपचार गरिरहेका विरामीहरुलाई मंगलबार फलफुल वितरण गरेको छ ।

फलफुल वितरण कार्यमा युनियनका पदाधिकारी तथा नेताहरुको सहभागिता हरुको थियो । युनियन रामेछापले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम तय गरेको छ ।