मध्यपहाडि लोकमार्गको रेखाङ्कन परिवर्तन हुने
6 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – नाम मध्यपहाडि भने पनि महाभारत पर्वत सगसगैं जस्तो सुनकोशी किनारबाट सडक निर्माण गरेपछि केहि बर्ष देखि विवादित बन्दै आएको मध्यपहाडि लोकमार्गको रेखाङ्कन परिवर्तन हुने भएको छ ।
सरकारले आउदो बजेट मार्फत मध्यपहाडि लोकमार्गको रेखाङ्कनलाई परिवर्तन गर्ने गरी कार्यक्रम ल्याउन लागेको बागमति प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताएका छन् । उनले केहि बर्ष अघी देखि उक्त लोकमार्गको रेखाङ्कन परिवर्तनमा जोड दिदै आएका थिए ।
गत बर्ष नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एमालेले गरेको मध्यपहाडि लोकमार्गको यात्राको क्रममा काभ्रे देखि ओखलढुङ्गा सम्मको लोकमार्गको रेखाङ्कन परिवर्तन गर्नुपर्ने कुरा उठेको थियो । यात्राको क्रममा रामेछापको मन्थलीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मध्यपहाडि लोकमार्ग नाम अनुसारको नभएकोले परिवर्तन हुने वताएका थिए ।
हाल मध्यपहाडि लोकमार्ग काभ्रेको दोलालघाट देखि सुनकोशीको किनारै किनार रामेछापको गुन्सी निस्कीएको छ । गुन्सीबाट चौरी खोलाको किनार हुदै खैरेनीघाट भएर त्रिवेणी नजिक मन्थली खुर्कोट सडक खण्डमा जोड्ने गरी निर्माण गरिएको छ । खुर्कोटमा जोडिएपछि उक्त लोकमार्ग उदयपुरको घुर्मी र ओखलढुङ्गाको केहि भाउ छोएर खोटाङ जिल्ला पुग्ने गरी निर्माण गरिएको छ ।
एमाले बागमति प्रदेशका अध्यक्ष समेत रहेका नेता ढुङ्गेलका अनुसार चौरीखोलामा आइपुगेको सडकलाई रामेछापको गाल्वा, मन्थली साँघुटार ओखलढुंगा हुदै हलेसी जोड्ने हो भने मध्यपहाडिको अर्थ हुन्छ । त्यहि आधारमा अव सडक निर्माण हुने कार्यक्रम अघी बढेको हो ढुङ्गेलले मन्थलीको एक कार्यक्रममा भने ।
गुन्सीबाट गाल्वा हुदै तामाकोशीमा निर्माणाधिन कुनौरी पुल बाट सडक कटाउदा त्यति धेरै पूर्वाधार निर्माण गर्नुपर्ने अवस्था नभएको तर नामाकरण मध्यपहाडि हुनु पर्नेमा नेताहरुको जोड रहदै आएको छ । प्रश्तावित क्षेत्रबाट लगभग सडक निर्माण भइसकेकाले थोरै सुधार विस्तार गर्दा लोकमार्गको स्तरमा सडक लैजान सक्ने भएकाले अवको योजना त्यस तर्फ हुनुपर्नेमा जिल्लाका नेताहरुले जोड दिदै आएका थिए ।
रामेछाप जिल्लामा मध्यपहाडि लोकमार्ग परेपनि अधिकांश जिल्लाबासीले सुविधा लिनसक्दैनन् । सुनकोशीको किनारका सिमित वस्ती भेटने गरी उक्त सडक निर्माण भएको छ । प्रश्तावित क्षेत्रबाट लोकमार्ग स्तरको सडक संचालन हुदा यातायातका साधन बढी मात्रामा संचालन हुने र ढुवानीका साधन समेतको आवागमनमा सहज हुने हुदा मध्यपहाड क्षेत्रमा वसोवास गर्ने अधिकांश जिल्लाबासीले सुविधा उपभोग गर्न सक्ने भटौलीका केदार प्रसाईले वताएका छन् । प्रसाईका अनुसार अहिले बनेको लोकमार्ग देखाउनका लागि मात्र भएको छ । उक्त सडकबाट रामेछापेलीले खासै फाईदा लिन सक्दैनन् ।
सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघी सारेको मध्यपहाडि लोकमार्ग पाँँचथरको चिवा भन्ज्याङ देखि बैतडिको झुलाघाट सम्म पुगेर टुंगिन्छ । सबैभन्दा दक्षिणको हुलाकी सडक, चुरे पर्वतको फेदीबाट महेन्द्र लोकमार्ग, पहाडि जिल्लाहरुलाई चिर्दै मध्यपहाडि लोकमार्ग र हिमालका जिल्लाहरुलाई सुविधा दिन हिमाली लोकमार्गको अवधारणा अनुसार सरकारले सडकहरुको निर्माण गर्दै आएको छ । पछिल्लो चरणमा हिमाली लोकमार्गको विकास समेत सगसगैं लगेको अवस्था छ । अन्य लोकमार्गहरु करिव अन्तिम चरणमा पुगेका हुन् । उक्त सवै सडक निर्माणमा नेपालले आन्तरिक बजेट परिचालन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
