+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

तिल्केस्थान गढीमा निर्मित खाँडादेवि मन्दिरको उद्घाटन

6 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – रामेछाप र मन्थली नगरपालिकाको संगमस्थानमा रहेको तिल्केस्थान गढीमा पुननिर्माण गरिएको खाँडादेवि मन्दिरको नेपाली सेनाको मध्यपूर्वि पृतनाका पृतनापति उपरथि कृष्णवहादुर जिसीले सोमबार उद्घाटन गरेका छन् । सो अवसरमा उनले तिल्केस्थान गढीमा राष्ट्रिय झण्डाको झण्डोत्तलन समेत गरे ।

ऐतिहासिक गढी तिल्केस्थानमा रहेको पुरानो मन्दिर र गढी भग्नावशेष भएकोमा नेपाली सेनाको खड्गदल गण रामेछापको पहलमा महिनौ लगाएर उक्त मन्दिर र गढीको जिर्णोद्धार गरिएको हो । मन्दिर पुननिर्माणको क्रममा पुरातात्विक हिसावको विष्णुको मुर्ति समेत फेला परेको थियो । उक्त मुर्ति खाँडोदवि मन्दिर भित्र प्रतिस्थापन गरिएको छ ।

मन्दिरको उद्घाटन गर्दै पृतनापति उपरथि कृष्णवहादुर जिसीले ईतिहास प्रति गर्व गर्न सकियो भने मात्र राष्ट्रिय एकता कायम हुन सक्नेमा जोड दिए । उनले ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण र सम्बद्र्धन गर्ने नेपाली सेनाको नीति तथा कार्यक्रम अन्तरगत तिल्केस्थान गढीको जिर्णोद्धार र उक्त गढीमा रहेको जिर्ण भई नासिने अवस्थामा पुगेको खाँडादेवि मन्दिरको पुननिर्माण गरिएको उल्लेख गरे ।

राजा पृथ्विनारायण शाहको पालामा अग्रेज सेना सिन्धुली गढी कटेर अघी बढे भने मद्धति गढीको रुपमा तिल्केस्थान गढी निर्माण गरिएको उल्लेख गरेको पाईन्छ । जिसीले उक्त गढी सेनाको मद्धति, भण्डार र युद्धसामाग्रि संकलनका लागि बनाईएको ईतिहास रहेको वताए । उनले गढीको जिर्णोद्धार र मन्दिरको पुननिर्माण गर्नु भन्दा पनि यसलाई पर्यपर्यटन, पिकनिक स्थल, पदयात्रा लगाएतको कार्यमा जोड्न सक्नुपर्ने वताए । यदि संरक्षणको काम भएन भने भोलीका दिनमा फेरी पुरानै अवस्थामा आउने तर्फ उनले स्थानीय सरकारको ध्यानाकर्षण गराए । ‘नेपाली सेना सदैव स्थानीय सरकार संग मिलेर यस प्रकारको रचनात्मक काममा सहयोग गर्छ’ जिसीले भने ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ईतिहासका कुरालाई पुनर्जागरण गर्ने कार्य अनुकरणीय रहेको वताए । किल्ला गढीहरु ऐतिहासिक सम्पत्ति भएकाले हामीले तिनको संरक्षण गरे मात्र पनि मुलुकको विकासमा टेवा पुग्ने कुरामा थापाले जोड दिए ।

रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी थापा कार्कीले ऐतिहासिक तिल्केस्थान गढीको जिर्णोद्धार र खाँडादेवि मन्दिर निर्माणमा नेपाली सेना बाट भएको सहयोगको प्रशंसा गरिन । उनले स्थानीय सरकारले तिल्केस्थान गढीलाई पर्यटन प्रवद्र्धनमा जोड्न धेरै काम गर्न बाँकी रहेको वताउदै रामेछाप र मन्थली नगरपालिका मिलेर आगामी दिनमा संयुक्त कार्यक्रम संचालन गर्ने वताईन् ।

कार्यक्रममा नेपाली सेनाले पुननिर्माण गरेको खाँडादेवि मन्दिर र गढीको संरक्षणका लागि रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष संतोषकुमार तामाङ लाई हस्तान्तरण गरिएको थियो ।

नेपाली सेनाको सिघ्र प्रभावी योजना अन्तरगत रामेछाापको खड्गदल गणका गणपति प्रमोद पौड्यालको सक्रियतामा महिनौ लगाएर उक्त निर्माण कार्य भएको हो । रामेछाप व्यारेक भन्दा झण्डै ८ किलोमिटर पश्चिममा रहेको उक्त गढीमा यस अघी रामेछाप नगरपालिका, मन्थली नगरपालिका र पर्यटन बोर्डले लगानी गरी सिढी निर्माण गरेका थिए । रामेछाप नगरपालिकाले डिपीआर बनाएर गढीको पुननिर्माण गर्ने योजना अघी सारेपनि थप काम अmभै अधुरो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले