रामेछाप । नेपाल बार एशोसियशन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता यादवप्रसाद दाहाल निर्बिरोध निर्वाचित भएका छन् ।
बार एशोसियशन रामेछापका अध्यक्ष पाण्डब प्रसाईको अध्यक्षतामा शनिबार मन्थलीमा भएको १५ जिल्ला अधिवेशनले दाहाल लगाएत कार्यसमितिका सवै पदमा पदमा निर्बिरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रमेश कुमार घिमिरे, सचिवमा राजेशकुमार बुढाथोकी, कोषाध्यक्षमा ईश्वरीकुमार श्रेष्ठ र सदस्यहरुमा शभ्भु कुमार उप्रेति र रामहरी केसी रहेको नेपाल बार एशोसियशन रामेछापले जनाएको छ ।
