बुहारीको हत्या गरी प्रहरीमा पुगे ससुरा
6 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – रामेछापको मन्थली नगरपालिका १२ सिक्रालमा ससुराको खुकुरी प्रहारबाट बुहारीको घटनास्थलमानै ज्यान गएको छ । सिक्रालका करिव ६० बर्षिय मटकवहादुर बुढाथोकीले आफ्नै बुहारी करिव २९ बर्षिया पवित्रा बुढाथोकीलाई शुक्रबार साँझ खुकुरी प्रहार गरी हत्या गरेका हुन् । वुहारीको हत्यापछि उनी केहि टाढा रहेको खिम्ती प्रहरी चौकीमा पुगेर आत्मसर्पण गरेका छन् ।
स्थानीय ध्रुव बुढाथोकीका अनुसार शुक्रबार मटकवहादुर विरामी श्रमितिलाई लिएर मन्थली अस्पतालमा उपचारका लागि गएका थिए । त्यहि बेला घरमा बुहारी पवित्रा पुगेकी थिईन् । पवित्रा काठमाडौं तिर वस्थिन् । बुहारी घरमा पुगेको थाहा पाएपछि मन्थलीबाट फर्केका ससुरा र बुहारीको भनाभन भएको र त्यस क्रममा उनले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुमान स्थानीयले गरेका छन् ।
गत बर्ष पवित्राका श्रीमान दिपेन्द्र बुढाथोकीले काठमाडौंमा झुण्डिएर आत्माहत्या गरेका थिए । मटकवहादुरले छोराको हत्या हुनुमा बुहारीको हात रहेको आरोप लगाउदै आएका थिए । उनीहरुका विच सधैं झैझगडा र मुद्धामामिला हुने गरेको स्थानीयको भनाई छ ।
यसैविच दिपेन्द्र र पवित्राको ९ बर्षिया छोरा मटकवहादुरका साथमा वस्दै आएका थिए । हजुरबाबुले नातीलाई घरमा राखेर स्थानीय सिक्राल माविमा पढाउदै आएका थिए । स्कुल गएको छोरा घर फर्किनु अघि पवित्रा घरमा पुगेकी थिईन् । सायद अदालतको फैसला लिएर उनी छोरा लिन घर आईपुगेको अनुमान स्थानीयको छ । त्यसैबेला घटना भएको थियो । श्रोतका अनुसार जिल्ला अदालतमा छोरा आफुले पालन पोषणका लागि लान पाउनु पर्ने माग राखेर पवित्राले मटकवहादुर विरुद्ध मुद्धा गरेकी थिईन् । अदालतले उनकै पक्षमा फैसला सुनाएको थियो । तर मटक वहादुर भने छोराको जस्तै नातीको पनि हालत वनाउने भन्दै बुहारीलाई नाति जिम्मा लगाएर पठाउन तयार थिएनन् ।
स्थानीयका अनुसार मटकवहादुरले पाखुरा र गर्धनमा प्रहार गरी घटनास्थलमा बुहारीको ज्यान लिएर खिम्ती तिर हिडेका थिए । नजिकै रहेकी उनकी छोरीले भाउजुको लास देखेपछि चिच्याउदै गाउँलेसंग गुहार मागेकी थिईन् । मेलापातमा गएका स्थानीयहरु हतारमा बुढाथोकीको घरमा पुगेपनि हत्या कसरी भयो भन्ने मेलो पाउन सकेनन् ।
यसैविच घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी खिम्ती र प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले जनाएका छन् । उनका अनुसार प्रहरी निरीक्षकको टोली हाल घटनास्थल मुचुल्का गरिरहेकोले केहि बेरमा मृतकको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल तर्फ ल्याईने छ । घटनाको बारेमा थप प्रहरीले थप अनुसन्धान थालेको उनले वताए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
