रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा रामेछाप नगरपालिकामा संचालित दुई दिने सहकारी संस्थाका व्यवस्थापकहरुको कार्यदक्षता विकास तालिम बिहिबार सम्पन्न भएको छ ।
रामेछाप नगरपालिका भित्रका सहकारी संस्थाहरुका व्यवस्थापकहरु सहभागि भएको उक्त तालिममा नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनको बागमति प्रदेशले प्राविधिक सहयोग गरेको थियो ।
तालिमका सहभागि व्यवस्थापकहरुलाई रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी थापा कार्कीले प्रमाण पत्र वितरण गरेकी थिईन ।
