रामेछाप । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लीग नेपाल रामेछापको ५ औं जिल्ला सम्मेलनले रामचन्द्र सुनुवारको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।

शनिबार मन्थलीमा सम्पन्न जिल्ला सम्मेलनबाट उपाध्यक्षमा सोसियल तामाङ, बद्री श्रेष्ठ, योगिता माझी , सचिवमा दिनेश नेपाली, सह सचिवमा भीमवहादुर थापामगर, खम्ब वहादुर श्रेष्ठ, बेगवहादुर श्रेष्ठ र कोषाध्यक्षमा दिपक कालिकोटे चयन भएका हुन् ।

सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा बागमति प्रदेशका सांसद तारानारायण श्रेष्ठ, जिल्ला सचिव प्रेम कार्की लगाएतले संवोधन गरेका थिए ।