रामेछाप । केहि बर्ष अघीको बाढीले पुल बगाएपछि उत्तरपूर्वि रामेछाप तर्फको आवागमनमा कठिनाई झेल्दै आएका सर्व साधारणले अव सहज यात्रा गर्न थालेका छन् ।
२०७४ साल असार ३१ मा आएको बाढीमा परेर ५ जनाले ज्यान गुमाएका थिए । बाढीले छतिवनेको पुल बगाएको र त्यस आसपासको सडक र सयौं रोपानी जग्गा वगाएको थियो । जापान सरकारको सहयोगमा निर्माण भएको छतिवने पुल वगेपछि गोकुलगंगा तर्फको आवागमनमा बर्षायाम भरी कष्ट बेहोर्नु परेको थियो ।
बागमति प्रदेश सरकारले लिखु तामाकोशी गाउँपालिका ६ खिम्ती र गोकुलगंगा ६ फर्पुको सिमा बग्ने छतिवने खोलामा पक्कि पुल निर्माण गरेपछि उक्त पुलबाट सवारी साधन संचालन हुन थालेका हुन् ।
पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर रामरतन साहका अनुसार छतिवने पुल निर्माणका लागि कुल ७ करोड ४० लाख खर्च लागेको छ । ४५ मिटर लामो एक स्पानको उक्त पुल सुनकोशी ÷मेरिना जेभिले निर्माण गरेको हो ।
पुल सम्पन्न भएपछि खिम्ती देखि पुल सम्म पुग्ने सडक भने दुरावस्थामा छ । बाढीले बगाएको बगरबाट सडकमा यात्रा गर्नुपरेकोले सर्वसाधारणले सास्ती खेप्नु परेको र सवारी साधनमा टुटफुट आउने गरेको छ ।
