छतिवने पुल निर्माण पुराभएपछि यात्रा सहज
6 महीना पहिले प्रकाशित
रामेछाप । केहि बर्ष अघीको बाढीले पुल बगाएपछि उत्तरपूर्वि रामेछाप तर्फको आवागमनमा कठिनाई झेल्दै आएका सर्व साधारणले अव सहज यात्रा गर्न थालेका छन् ।
२०७४ साल असार ३१ मा आएको बाढीमा परेर ५ जनाले ज्यान गुमाएका थिए । बाढीले छतिवनेको पुल बगाएको र त्यस आसपासको सडक र सयौं रोपानी जग्गा वगाएको थियो । जापान सरकारको सहयोगमा निर्माण भएको छतिवने पुल वगेपछि गोकुलगंगा तर्फको आवागमनमा बर्षायाम भरी कष्ट बेहोर्नु परेको थियो ।
बागमति प्रदेश सरकारले लिखु तामाकोशी गाउँपालिका ६ खिम्ती र गोकुलगंगा ६ फर्पुको सिमा बग्ने छतिवने खोलामा पक्कि पुल निर्माण गरेपछि उक्त पुलबाट सवारी साधन संचालन हुन थालेका हुन् ।
पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर रामरतन साहका अनुसार छतिवने पुल निर्माणका लागि कुल ७ करोड ४० लाख खर्च लागेको छ । ४५ मिटर लामो एक स्पानको उक्त पुल सुनकोशी ÷मेरिना जेभिले निर्माण गरेको हो ।
पुल सम्पन्न भएपछि खिम्ती देखि पुल सम्म पुग्ने सडक भने दुरावस्थामा छ । बाढीले बगाएको बगरबाट सडकमा यात्रा गर्नुपरेकोले सर्वसाधारणले सास्ती खेप्नु परेको र सवारी साधनमा टुटफुट आउने गरेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
