+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नमुना वस्ती भित्रका अमिला कथा

6 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – विपी राजमार्गमा हिड्दा सुनकोशी किनारमा चिटिक्कको नमुना वस्ती देखिन्छ । तर सो वस्ती हेर्दा जति सुन्दर छ, भित्र भने अनेक व्यथाले थिलथिलो छ ।

बागमति प्रदेश सरकार र खाँडादेवि गाउँपालिकाले पिछडिएको माझी समुदायलाई आयआर्जन गर्ने उद्धेश्यले पाँच बर्ष अघी निर्माण भएको उक्त वस्ती अझै चलन चल्तिमा आएको छैन् । अहिले सम्म कसको कुन घर हो ? भन्ने टुंगो छैन् । साविकका जग्गाधनीले नमुना वस्ती वनाउनका लागि दिएको जग्गाको सोधभर्ना पाएका छैनन् ।

खाँडादेवि गाउँपालिका वडा नम्वर ३ साविकको भिरपानीमा पर्ने सो नमुना वस्ती झण्डै १६ रोपनीमा फैलिएको छ । उक्त जग्गा एकै जनाको हैन् । विभिन्न व्यक्तिको नामको जग्गा ओगटेर घर निर्माण गरेपनि जग्गा खरिद या एकिकरण प्रकृया गरिएको थिएन । पछि जग्गा सट्टापट्टा या क्षतिपूर्ति दिने सहमति भएपछि भकाभक घर वने, तर अहिले सम्म न जग्गाको क्षतिपूर्ति दिइएको छ न सट्टापट्टा । घर वनाउन जग्गा नपुग्ने परिवारले मूल्याङकनका आधारमा पैसा दिने या साविकको जग्गाधनीले रोजेको स्थानमा जग्गा खरिद गरिदिने सहमति थियो । त्यसबाहेक सार्वजनिक प्रयोगका लागि सडक र खुल्ला क्षेत्रमा परेका जग्गाको सवैले दामासायिले बेहोर्ने उल्लेख थियो । तर ति कामको आरम्भनै भएको छैन् ।

वस्ती निर्माण गर्न बनेको समितिका सचिव दुर्गावहादुर माझीका अनुसार उक्त वस्तीमा ४२ घर निर्माण भएका छन् । घर र त्यस बाहेक वस्ती भित्र सडक र खुला क्षेत्रमा परेको जग्गाको एकिन गरेर समुदायले पैसा वेहोर्ने भन्ने थियो । माझी भन्छन् – तर विडम्बना कति क्षेत्रफल घर बनेको र कति क्षेत्रफल सडक या खुला क्षेत्रमा परेको हो ? भन्ने एकिन अझै हुन सकेको छैन् । उक्त वस्ती निर्माणका लागि बागमति प्रदेश सरकारले १ करोड ५० लाख र खाँडादेवि गाउँपालिकाले ७५ लाख गरेर २ करोड २५ लाख खर्च भएको थियो ।

माझीका अनुसार नापी कार्यालयबाट अमिन मगाउनका लागि गाउँपालिका र नेताहरुलाई बारम्बार आग्रह गरिएकोमा हाल सम्म अमिन नआउदा जग्गा छुट्ट्याउने काम हुन सकेको छैन् । ‘पाँच बर्ष वितिसक्दा पनि हामीले एउटै कुरामा अल्झिनु परेको छ’ माझी भन्छन् – नापी आईदिएन, घर त्यतिकै बसे ।

नापी कार्यालय रामेछापका प्रमुख देवकुमार वस्नेत भने भिरपानीको डब्खा नमुना वस्तीको जग्गा छ्ट्ट्याउनका लागि हाल सम्म नापी माग भएको सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको वताउछन् । ‘मलाई त्यस बारेमा कुनै जानकारी छैन् ’ वस्नेतले भने ।

समुदाय भित्रका सदस्यलाई एउटा एउटा घरको साँचो समितिले दिएको छ । तर त्यहि घर त्यस्को हो भनेको चाँहि छैन् । ‘खाँचो पर्दा प्रयोग गर्न भनेर साँचो दिएको हो’ माझी भन्छन् – २÷३ वटा घरमा वसोवास छ, अरुले अन्न राखेका छन् । अहिले जसले घर प्रयोग गरेका छन् पछि भागबण्डा गर्दा उसलाई ति घर नपर्न पनि सक्छन् , अहिले त प्रयोगका लागि मात्रै साँचो दिएको हो । माझी समुदायले २०७२ को भूकम्प पछि सुरक्षित आवास निर्माण गरिसकेका थिए । त्यहि भएरपनि नमुना वस्ती अलपत्र परेको हो । ‘बासै अन्त थिएन भने, वस्ती यो बेला सम्म अन्यौलमा वस्ने थिएन ’ स्थानीय दिलवहादुर माझी भन्छन् – सवैका आ आफ्नै घर छन्, नमुना वस्तीको लफडामा कोहि पर्दैनन् ।

तर त्यसो भन्दैमा नमुना वस्तीको कथा सकिदैन् । साविकमा खेति हुने जग्गामा घर वनेपछि धेरैका भकारी रित्ता छन् । अन्यत्र कमाउ जग्गा छैन् । पैसा आउला र अन्त किनौला भनेर जग्गा दिनेहरु निराश छन् । अनिकाल टार्न बेसाहाको भर छ ।

गएको असोजको बाढीले उक्त नमुना वस्तीलाई पनि क्षति पु¥यायो । कोशी छेउ तिरका १० वटा घरमा झण्डै कम्बर सम्म बालुवाले पु¥यो । ति सवै घरमा अन्न थियो । बालुवा त पन्छाए, तर अन्न काम लागेन । एक बर्षको बाली खेर गयो । ‘बाढीले घर भत्काएन तर जोखिम बढायो ’ स्थानीय शभ्भु माझी भन्छन् – नदी बढ्ने वित्तिकै अव डव्खाको नमुना वस्ती जहिल्यै जोखिममा पर्ने देखिएको छ । सुरक्षाका लागि कुनै प्रवन्ध हुन सकेको छैन् ।

गत बर्ष वडा कार्यालयले डव्खाको वस्तीलाई तारबार लगाएर घेरीदिएको छ । वडाबाट २५ लाख पैसा हालेर वस्ती प्रवेशका लागि गेट र वरिपरी तारबार लगाइएको वडा अध्यक्ष पुष्कर कार्कीले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले