५ बर्ष सकियाे सात किलोमिटर सडक बनेन
6 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – जम्मा साँढे सात किलोमिटर लामो सडक निर्माणको काम थालेको ५ बर्ष भयो । यो अवधिमा निर्माण कार्यका लागि पटक पटक म्याद थपियो । थपिएको म्याद सकियो, तर काम सकिएन । स्थानीय बासिन्दाहरु कालोपत्र सडकमा गुड्ने आशाका विच धुलो खाएर बस्न बाध्य छन् ।
रामेछापको खाँडादेवि गाउँपालिका वडा नम्बर ५ पकरवासको गोगनपानी देखि वडा नम्बर ८ गागल जाने सडकको अवस्था अहिले पनि यहि हो । स्थानीयले बारम्बार सडक चाडो निर्माण गर्नका लागि आग्रह गरेपनि निर्माण व्ययवसायीले निर्माण कार्यलार्य तिव्रता दिएका छैनन् । धिमा गतिले सडकमा जति काम गर्छन्, उति विग्रदो पनि छ ।
गमति प्रदेश सरकारले उक्त सडक निर्माणका लागि २०७८÷७९ मा ठेक्का लगाएको थियो । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले भने – प्रदेशले सडक निर्माणका लागि ४० करोड रुपैयाँ विनीयोजन गरेर प्राथमिकतामा राखेको थियो । तर निर्माण व्यवसायीले काम नगर्दा उक्त सडक थप अघी बढाउन सकिएको छैन् । गागल हुदै उक्त सडक भोटनाघी पु¥याउने लक्ष्य छ ।
बागमति प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय रामेछापका अनुसार सित्खा–गोगनपानी–फुल्पा–धुलेबेसी–भोटनाघी सडक नाम दिएर उक्त सडकको ठेक्का आव्हान भएको हो । २०७८ असार ३० मा रौताहा/सगुन/पाँचपोखरी निर्माण सेवा संग कुल १७ करोड ९४ लाख ५४ हजार २ सय ४ रुपैयाँमा उक्त सडक निर्माणका लागि संझौता गरेको थियो । उक्त संझौताको पछिल्लो पटक थपिएको म्याद समेत २०८१ साल असोजमा समाप्त भइसकेको छ ।
पूर्वाधार विकास कार्यालयका ईन्जिनियर रामरतन साहका अनुसार उक्त सडक निर्माणको हाल सम्म झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडकमा वेस राख्नका लागि भटौली खोलामा क्रसर राख्ने काम भइरहेकोले अव चाडै उक्त सडकले प्रगति गर्नेमा साह आशावादी रहेका छन् । कार्यालयले पटक पटक निर्माणको काममा तिव्रता दिन निर्माण व्यवसायीलाई मौखिक र लिखित रुपमा आग्रह गर्दै आएको भन्दै उनले तर पनि उल्लेख्य प्रगति हुन नसकेको वताए ।
सडक निर्माणको काम अलपत्र पारेको भन्दै स्थानीयले बारम्बार कार्यालयको ध्यानाकर्षण गराएका छन् । गत बर्ष नारा सहित कार्यालयमा पुगेकाले केहि बेर पूर्वाधार कार्यालयमा तालावन्दी गरेका थिए । यस बर्ष पनि केहि दिन अघी पूर्वाधार कार्यालयमा आईपुगेका गागलका बासिन्दाले कामलाई तिव्रता दिन आग्रह गरेका छन् ।
पूर्व वडा अध्यक्ष ईन्द्रवहादुर तामाङका अनुसार सडक निर्माणको जिम्मा लिएका ठेकेदारको लापरवाहिले बर्षौ सम्म पनि काम अलपत्र रहदा स्थानीयले सडक उपयोग गर्न नपाएका मात्र नभै स्वास्थ्य समस्या झेल्नु परेको वताए । ‘काम नगर्ने हो भने कानुन बमोजिम ठेक्का तोडेर निर्माण व्यवसायीलाई कारवाहि गर्नुपर्छ नत्र बेलामा काम गराउनुपर्छ ’ तामाङले भने – काम नगर्ने ठेकेदार र गराउन नसक्ने कार्यालयका कारण स्थानीयले पिडा खेप्ने काम किमार्थ राम्रो होईन् ।
प्रदेशका पूर्व मन्त्री कैलाशप्रसाद ढुङ्गेल पनि असल मनसायले सरकारले बजेट विनीयोजन गरेपनि नराम्राको हातमा परेकोले प्रभाव नदेखिएको वताउछन् । पकरवासबाट गाल्वा र गोगनपानी बाट गागलको सडक दुवैमा ५ बर्ष वितीसक्दा पनि एकवित्ता कालोपत्र हुन नसकेकोमा उनले आक्रोश पोखे । ‘त्यस्तो पनि काम हुन्छ ’ उनले भने – यो त निर्माणको क्षेत्रमै बेथिति हो ।
दुवै सडक पूर्वाधार विकास कार्यालयले हेर्दै आएको छ । ईन्जिनियर साहका अनुसार दुवैमा केहि न केहि काम त हुदै आएको छ, तर थोरै कामदार र मेसिन औजारको प्रयोगका कारण आशा गरे अनुसार हुन सकेको छैन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
