+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

भाँचियो ठेडिखोला पुल

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – निर्माण कार्यको अन्तिम चरणमा पुगेको रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोशी नदी माथिको ठेडिखोला पुल शुक्रबार अपरान्ह भाँचिएको छ ।

५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केहि दिनमा उक्त पुल भाँचिएको हो । भाँचिएको भाग पनि त्यहि अन्तिम स्पान नै हो । शुक्रबार अपरान्ह पुल भाँचिएपछि सर्वसाधारण धेरैले पुलको भाँचिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् र त्यसमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

संघीय सरकारको सडक विभागको पुल महाशाखाले उक्त पुल निर्माण गरेको हो । २ सय ३० मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण अन्तिम चरणमा थियो । २०८२ असार मसान्त सम्म पुलबाट सवारी आवागमन खुलाईने तयारी निर्माण कम्पनीले गरेको थियो ।

पुल निर्माणका लागि २०७८ सालमा ठेक्का लागेको हो । उक्त पुल कालिका–कल्पवृक्ष जेभिले बनाउदै थियो । कुल ४ स्पान भएको उक्त पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का संझौता भएको थियो ।

पुल भाँचिनुको कारण खुलेको छैन् । निर्माण व्यवसायीले तत्कालै साईटमा विज्ञ टोली ल्याएर पुल क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले