खाँडादेवि केबलकार निर्माण योजना अलपत्र
7 महीना पहिले प्रकाशित
रामेछाप । बाग्मती प्रदेश सरकारले बिपी राजमार्गको रातामाटा देखि रामेछापको प्रशिद्ध शक्तिपिठ खाँडादेवि मन्दिर सम्म केबल कार हाल्ने योजना अलपत्र परेको छ । बाग्मती प्रदेश सरकारले खाँडादेविमा केबलकार हाल्ने योजना अघी सारेको थियो ।
सिन्धुली जिल्लाकाे विपी राजमार्गकाे रातामाटा देखि खाँडादेवि मन्दिर सम्म पुग्ने केबल कारका लागि बाग्मती प्रदेश सरकारले प्रारम्भिक प्राविधिक प्रतिवेदन समेत तयार पारेको थियो । प्रतिवेदनले उक्त कार्यका लागि करिव साँढे २ अरब लगानी लाग्ने अनुमान गरेको छ । झण्डै ९ किलोमिटर लामो उक्त केबलकार निर्माणका लागि बाग्मती प्रदेश सरकारले लगातार २ बर्ष बजेट विनीयोजन गरेको थियो ।
मन्दिर रहेको रामेछापको खाँडादेवि गाउंपालिकाका पूर्व अध्यक्ष प्रेमवहादुर तामाङले सरकारले लगानीमा केबल कार निर्माण गर्न नमिल्ने भएकाले उक्त केबलकारको भविष्य अन्यौलमा परेको वताए । ‘सरकारी लगानी नहुने भएकाले हामीले निजी क्षेत्रको लगानी खोजि गरेका थियौं, तर कसैले पनि खाँडादेवि केवलकारका लागि लगानी गर्न ईच्छा देखाएनन्’ तामाङले भने – यस विषयमा निजी क्षेत्र संग दुई तीन पटक कुरा भएको थियो ।
एेतिहासिक र पुरातात्विक महत्वको खाँडादेवि मन्दिरमा जे मनोकाँक्षा गरे पनि पुरा हुने विश्वास छ । रामेछापका अतिरिक्त आसपासका जिल्लाका धर्मावलम्बिहरु उक्त मन्दिरमा पुजा अर्चनाका लागि आउने गर्छन् । मन्दिरमा नियमित पुजा हुन्छ । बडा दशैं र चैते दशैंमा उक्त मन्दिरमा पञ्चवलि दिने चलन छ । भाकलको पञ्चबलि अघी पछि पनि हुने गरेको छ ।
विपी राजमार्गको रातामाटा देखि खाँडादेवि गाउँपालिका तर्फको सडक कालोपत्रे भइसकेको छ । कालोपत्रे सडकबाट मन्दिर केहि मिनेटमै पुग्न सकिने भएकाले दर्शनार्थीलाई मन्दिर दर्शन सहज वनेको छ । विपी राजमार्गबाट झण्डै आधा घण्टामा मन्दिरमा पुग्न सकिने भएकाले निजी क्षेत्रको लगानी ल्याउन कठिनाई भएको तामाङले वताए ।
खाँडादेवि विकास कोषका अध्यक्ष शेरवहादुर तामाङले विगतमा भन्दा खाँडादेवि मन्दिर क्षेत्र धेरै सुधार र पूर्वाधारयुक्त भइसकेको भन्दै थप पूर्वाधारको लागि सरकार संग आग्रह गरेका छन् । खाँडादेवि साक्षात देवि भएकाले राष्ट्रको तर्फबाट पुजा हुनुपर्ने उनले जोड दिदै आएका छन् । केवरकारको निर्माण भएमा खाँडादेविमा कयौं गुणा दर्शनार्थी आउनेमा उनी ढुक्क छन् ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
12 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
22 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
