रामेछाप । भाषा दिवस २०८२ का अवसरमा रामेछापको देबकोटा चौकमा बुधबार साँझ दिपावली गरिएको छ । विभिन्न संघ संस्था र जातिय समुदायहरुका अगुवाहरुले दिपावली गरेका हुन् ।

बागमित प्रदेश सरकारले प्रदेशमा तामाङ र नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएको दिनलाई भाषा दिवसको रुपमा मनाउन थालिएको छ । दिवसका अवसरमा बागमति प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक विदा दिएको थियो ।