+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

व्यवसायको क्षेत्रमा रहेका कमीकमजोरीलाई सुधारको खाँचो ः प्रजिअ

7 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्योग व्यवसायको क्षेत्रमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्नुपर्ने खाँचो रहेको औल्याएका छन् ।

कालोबजारी, कृतिम अभाव, मिसावट, कम तौलका सामानको विक्री, म्याद नाघेका सामाग्री विक्री वितरण लगाएतका समस्या रहेको गुनासो आफु आउना साथ सुन्नमा आएकाले त्यसलाई नियन्त्रण गरिने थापाले वताए । कसरी रामेछापका नागरिकलाई गुणस्तरिय सेवा दिने भन्ने ध्येयले निजी क्षेत्र संग मिलेर आफु काम गर्न तयार रहेको थापाले वताए ।

रामेछाप उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिअ थापाले कानुन विपरितका कार्य जो कोहि बाट भएमा क्षम्य नहुने वताए । बजार अनुममनलाई प्रभावकारी बनाएर उपभोक्ता हितमैत्री बनाउने कार्यमा स्थानीय प्रशासनले उद्योग व्यवसायीहरुकै सहकार्य र समन्वयमा काम थाल्ने उनले वताए । उनले नागरिकले पैसा तिरेपछि गुणस्तरिय सामान पाउनुपर्नेमा जाेड दिदै पहिले आफु पनि नागरिक भएकाले व्यवसायीले सबै कुरा पैसैलाई मात्र महत्व नदिन प्रजिअ थापाले व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले बजार क्षेत्रमा पार्किङ, एकतर्फि सवारी संचालन लगाएतका गुनासोहरु सुन्नमा आएकाले त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा उद्योग वाणिज्य संघ संग समन्वय गरेर अघी बढने वताए ।

कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले जिल्लामा व्यापार व्यवसाय क्षेत्रले भोग्दै आएका विभिन्न समस्याहरुका बारेमा प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई ध्यानाकर्षण गराएका थिए । उनले सिन्धुलीको सिण्डीकेटका कारण ठुला सवारी साधन संचालन गर्न नसक्दा उपभोक्ताहरुलाई महंगोमा सामान विक्री गर्नुपर्ने बाध्यताका विच पनि व्यवसायमा मन्दिको कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले