+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

लुक्ला कुहिरोले छोपिदा उडान हुन सकेनन्

7 महीना पहिले प्रकाशित

रामेछाप । लुक्लाको मौसम खराव हुदा मंगलबार रामेछापबाट लुक्लाका लागि तय गरिएका कुनै पनि उडान हुन सकेका छैनन् । मंगलबार अपरान्ह सम्म मौसम खुल्ने संभावना पनि छैन् ।

रामेछापबाट लुक्ला तर्फ उडान गर्दै आएका तारा, सीता र समिट एयरले मंगलबारका लागि प्रत्येकका ७/८ वटा उडान गर्ने तालिका थियो । तर मौसममा सुधार नभएकाले विहानै देखि लुक्लाका लागि जहाज उडेका छैनन् । रामेछाप विमानस्थलका एटिसी प्रज्वल गुरागाईका अनुसार लुक्ला तर्फ जाने सरदर १ सय पर्यटकहरु रामेछाप विमानस्थल पुगेका छन् । मौसममा सुधार नभएको र हेलिकप्टर समेत नहुदाँ उनीहरु विमानस्थलमै प्रतिक्षा गरिरहेका छन् ।

बसन्त ऋतुको सिजन लगभग सकिएकाले रामेछाप तर्फबाट लुक्ला जाने पर्यटकको संख्या घट्दो छ । अव केहि दिनका लागि मात्र सिजन भएकाले रामेछापबाट लुक्लाका लागि हुने उडानमा यात्रु संख्या न्यून हुन थालेको छ । लुक्ला जाने जहाजले अचेल यात्रुको साटो सामान बोकेर जान्छन् । तर लुक्लाबाट फर्कदा भने जहाजले पुरापुर सिट यात्रु पाईरहेका छन् । रामेछाप फर्कनका लागि लुक्लामा सयौं पर्यटकहरु पर्खेका छन् ।

लुक्ला विमानस्थलका एटिसी अमन झा का अनुसार मंगलबारको मौसम धुम्म छ । विमास्थल क्षेत्रमा कुहिरो लागेको छ । जहाज अवतरण र उडान भएका छैनन् । तर विहानै देखि मौसम खुलेका बेला हेलिकप्टरले भने केहि उडान गरेका छन् । लुक्लाबाट खुम्बु क्षेत्र र काठमाडौं तिर हेलिकप्टरका करिव २० वटा उडान भएको झा ले वताए ।

काठमाडौं विमानस्थलमा अवतरण र उडानका लागि लामो समय पालो कुर्नु पर्ने भएकाले केहि बर्ष देखि पर्यटनको मुख्य सिजनमा लुक्ला तर्फ हुने उडानहरु रामेछाप केन्द्रित बनाइएको छ । काठमाडौंबाट सडक मार्ग हुदै ४ घण्टामा रामेछाप आईपुग्ने पर्यटकहरुलाई त्यसपछि जहाजले लुक्ला पु¥याउने गर्छन् । रामेछाप विमानस्थलमा सीता, तारा र समिट एयरले विमान रात्रीकालिन पार्किङ गरेर विहानै देखि उडान गर्ने गरेका छन् । मुख्य सिजनमा रामेछापबाट लुक्लाका लागि दैनिक सरदर ५० उडान हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले