+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

आगलागि पिडितलाई सहयोगीले बनाईदिदै चिटिक्कको घर

7 महीना पहिले प्रकाशित

रामेछाप । आगोले घर खरानी पारेपछि छाना विहिन भएका लिखु तामाकोशी गाउँपालिका २ सैपुका गोविन्द सुनुवार र उनका परिवारले अव चाडै नयाँ घरमा सर्न पाउने भएका छन् ।
वडा नम्बर २ का वडाअध्यक्ष संतोष पौडेलको अगुवाईमा सुनुवार परिवारका लागि नयाँ चिटिक्क परेको घर निर्माण हुदैछ ।

‘अव केहि दिन काम गरेपछि हामी सुनुवारको परिवारलाई ओतिने स्थानमा सार्न सक्ने अवस्थामा पुगेका छौं’ वडाअध्यक्ष पौडेल भन्छन् – आज जस्ता आउदैछ, २ दिनमा गाह्रोको काम सकिन्छ होला । बर्षा लागेकोले चाडै घर छाएर सुनुवारको परिवारलाई राख्ने योजना अनुसार तिव्र रुपमा काम भइरहेको उनले वताए ।

चैत २२ गते घरमा बालेको आगो उम्कीएर सुनुवारको एक तले घर स्वाहा भएको थियो । २ बालबालिका लिएर बल्लतल्त सुनुवार दम्पतिले ज्यान जोगाएका थिए । घरमा भएका केहि सामान झिक्न नपाएपछि सुनुवारको परिवारलाई छिमेकीको आश्रयमा राखिएको छ ।

कमजोर आर्थिक अवस्था भएका र बालबालिका समेत सानै भएको उक्त परिवारको घर र घरमा भएका सामान आगलागी बाट जलेपछि वडा अध्यक्ष पौडेलले सुनुवारलाई घर बनाइदिने अभियान थालेका थिए । उनको अगुवाईमा करिव ५ लाख रुपैयाँ जुटेको छ । सुनुवारका दाजुभाई, ईष्टमित्र, श्रृजनसिल समाज र सह्रृदयि चन्दादाताबाट उक्त सहयोग जुटेको हो ।

पौडेलका अनुसार भूकम्प प्रतिरोधि २ कोठे घर र सौचालय निर्माणका लागि ७ जनाको समितिनै बनाइएको छ । त्यसको संरक्षक पौडेल आफै छन् । ४१ बर्षे सुनुवारलाई घर भित्र लैजाने काममा लाग्ने खर्च सोहि समितिले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले