उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट मन्थली नगरपालिकाका बुढाथोकी सम्मानित
7 महीना पहिले प्रकाशित
रामेछाप । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकी उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत भएका छन् ।
बुढाथोकीलाई सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित गरेका हुन् । बुढाथोकी मन्थली नगरपालिकाको १० औं तहको प्राविधिक उप सचिवको रुपमा कार्यरत छन् ।
आयोगले बुढाथोकी सहित देशभरका सार्वजनिक सेवा प्रदायक निकायमा कार्यरत ५ जना सूचना अधिकारीहरुलाई नगद ३० हजार सहित सम्मान गरेको हो । त्यसैगरी सूचनाको क्षेत्रमा काम गर्ने अन्य ५ जना अभियान्ताहरुलाई पनि नगद सहित सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट अभियान्ताका रुपमा बरिष्ट पत्रकार तारानाथ दाहाललाई सम्मानित गरिएको छ । दाहाल ५५ हजार ५ सय नगद पुरस्कार सहित सम्मानित भएका हुन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
