+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रुग्ण आयोजना पुरा गर्ने तर्फ प्रजिअले पहल थाल्ने

7 महीना पहिले प्रकाशित

रामेछाप । लामो समय सम्म अधुरा रहेका विकास निर्माणको कार्य सम्पन्न गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय रामेछापले सम्बन्धित पक्ष संग अन्तरक्रिया गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अधुरा रहेका विकास निर्माणका योजनाहरु के गर्दा सम्पन्न हुन्छन् ? त्यस बारेमा सम्बन्धित आयोजनाका प्रतिनिधि बोलाएर छलफल गर्ने वताएका हुन् । बर्षौ अघी थालिएका स्वास्थ्य संस्था, सडक र अन्य पूर्वाधार अधुरो हुदा नागरिकले सेवा पाउन नसकेको गुनासो बढ्दै गएको थियो ।

सोमबार रामेछाप जिल्लाका संचारकर्मीहरु संग कुरा गर्दै थापाले जिल्लामा बजार अनुगमनलाई तिव्रता दिईने, तीन तहका सरकारका विचमा समन्वयलाई बढावा दिईने, ईन्धन अभाव हुन नदिन पहल गर्ने, यातायातका साधनलाई व्यवस्थित गर्ने, रामेछाप विमानस्थलबाट काठमाडौंको उडान संचालनका लागि सम्बन्धित पक्षमा अनुरोध गर्ने, विपत व्यवस्थापका लागि योजना बनाएरै काम गर्ने प्रतिवद्धता प्रकट गरे । त्यसैगरी विद्युत आयोजनाबाट पुरा गर्नुपर्ने सामाजिक उत्तरदायित्चवको क्षेत्रमा भए गरेका कामका बारेमा पनि जानकारी लिने र नगरेको पाईएमा गर्न लगाउने थापाले वताए ।

प्रजिअ थापाले नागरिकताको विषय कठिन र संवेदनशिल भएकाले समयमानै पाईएन भन्ने गुनासोको पछाडि केहि कारण हुन सक्ने हुदाँ स्थानीय प्रशासनले बुझेर मात्र नागरिकता जारी गर्ने कुरा उल्लेख गरे । नागरिकता सच्चाउने र दोहोरो लिन खोज्ने गरेका प्रसस्त उदाहरण रहेकाले प्रशासनले बेलामा नागरिकता दिएन भन्दा पनि बुझेर दिन केहि समय ढिलाई गरेको अर्थमा बुझ्न आग्रह गरे । सबै कागजात मिलेर आएको नागरिकता तत्काल उपलव्ध गराउने समेत उनले वताए । जिल्ला प्रशासन कार्यालयमा निशूल्क फाराम भर्ने काम रोकिएकोमा त्यसलाई फेरी संचालन ल्याउने तर्फ आवश्यक व्यवस्था मिलाउने थापाले वताए ।

सरकारी कार्यालयहरुमा रहेका सूचना अधिकारीलाई अद्यावधिक गराउने, सरकारी सवारी साधनको दुरुपयोग रोक्न कारण नखोलि जथाभावि पास नदिने प्रतिवद्धता पनि उनले जनाएका छन् । आईतबार मात्र रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका थापाले जिल्ला स्थित संघ संस्था, राजनीतिक दल, पत्रकार र व्यवसायीहरु विच परिचयात्मक कार्यक्रम राखेर रामेछाप जिल्लामा रहेका समस्याहरु सुन्न थालेका हुन् ।

उनले जिल्लामा देखिएका समस्या सबैको समन्वय र सहकार्यमा समाधान गर्ने र आफुले प्रजिअ छोडेर हिड्नु भन्दा अघी केहि न केहि नतिजा देखिने गरी काम गर्ने  कुरा पनि प्रजिअ थापाले संचारकर्मीहरु माझ राखे ।

तनहुँको प्रजिअ बाट सरुवा भएर आएका थापाले आफु संग स्थानीय, प्रदेश र संघीय कार्यालयमा काम गरेको अनुभव रहेको वताए । उनले सह सचिव भएपछि उनी कर्णाली प्रदेशमा प्रदेश सचिव र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले