+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुरक्षा व्यवस्था चुस्त बनाउछौ‌ – भट्ट

7 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापका प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने वताएका छन् । केहि दिन अघि मात्र जिल्लामा हाजिर भएका उनले आईतबार पत्रकारहरु सँग उक्त दावि गरेका हुन् ।

भट्टले जिल्लामा हुने अपराधजन्य घटनामा सम्लग्न जो कोहि पनि प्रहरी बाट उम्कन नसक्ने ठोकुवा गरे । चोरीका घटना नियन्त्रण, लागू औषधको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न प्रहरी सक्रियता बढाउनुका साथै सामाजिक अभिमुखिकरण लगाएतका कार्य गर्ने वताए ।

उनले जलविद्युत आयोजनाले नदी र खोलाको पानी सुकाएर वातावरणमा पु¥याएको हानी नोक्सानी र सामाजिक उत्तरदायित्व पुरा नगरेको सूचना प्राप्त भन्दै त्यस क्षेत्रमा सकेको सुधार गर्न प्रयत्न गर्ने वताए ।

रामेछाप आउने मालबाहक सवारी साधन तार्दा खुर्कोटको पुलमा मोलमोलाई हुने गरेको गुनासो प्रति आफ्नो ध्यानाकर्षण भएको उनले वताए । भट्टले प्रहरी संग जोडिएका गुनासोहरुलाई तत्काल सुनुवाईका लागि प्रहरी तयार रहेको भन्दै त्यस कार्यमा सघाउन संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।

यसैविच आईतबारनै रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कार्यभार सम्हालेका छन् । थापा तनहुँ जिल्लाबाट सरुवा भएर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले