रामेछाप । नेकपा एमालेको भातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल रामेछापको दोश्रो जिल्ला सम्मेलन मन्थलीमा शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले गंगावहादुर श्रेष्ठको अध्यक्षतामा जिल्ला समितिको निर्बिरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा दिनेश घिमिरे, सचिवमा सुरेश माझी, सह सचिवमा सरोज दर्लामी र कोषाध्क्षमा उर्मिला मुग्राति रहेका छन् । समितिमा सदस्यहरु समेत निर्बिरोध चयन भएको उक्त संगठनले जनाएको छ ।
उक्त अधिवेशनको कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीया र सचिव प्रकाश कुमार कार्की लगाएतले आ आफ्ना धारणा राखेका थिए ।
