रामेछाप । रामेछाप नगरपालिका ४ हिमगंगाको धारापानी बसेरीमा शनिबार विहान यात्रुबाहक जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ३ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसेरी बाट साँघुटार तर्फ जादै गरेको यात्रुबाहक जीप ( सुमो ) सडकमा चिप्लिएर पल्टिएको थियो । प्रहरीका अनुसार घाईते तीनै जनाको अवस्था समान्य रहेको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि सवै जना घर फर्केका छन् ।
