+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

खाँडादेवि गाउँपालिकाको कक्षा ८ को बार्षिक परिक्षाको नतिजा निराशाजनक

7 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाले मंगलबार प्रकाशित गरेको कक्षा ८ को पालिका स्तरिय बार्षिक परिक्षाको नतिजा निराशाजनक देखिएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरु पेशागत विभिन्न माग राखेर काठमाडौंको सडकमा आन्दोलन गरिरहेका बेला गाउँपालिकाबाट प्रकाशित भएको कक्षा ८ को बार्षिक परिक्षाको नतिजालाई लिएर केहि अविभावकहरुले सामाजिक सञ्जालमा निराशा पोखेका छन् ।

प्रकाशित नतिजा अनुसार अधिकांश सामुदायिक विद्यालयको विद्यार्थी उत्र्तिण प्रतिशत नगन्य छ । गाउँपालिका भित्र कक्षा ८ को बार्षिक परिक्षामा विद्यार्थी सहभागि गराउने २१ वटा विद्यालय मध्ये जम्मा ४ वटा विद्यालयका सम्पूर्ण विद्यार्थी उत्र्तिण भएका छन् । ५ वटा विद्यालयबाट ६० देखि ७९ प्रतिशत, ३ वटा विद्यालयबाट ४४ देखि ४७ प्रतिशत, २ वटा विद्यालयबाट ३० देखि ३६ प्रतिशत, ६ वटा विद्यलालयबाट २० देखि २९ प्रतिशत र एउटा विद्यालयबाट १० प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् ।

खाँडादेवि गाउँपालिकाको पुरानो विद्यालयमा पर्ने प्रयागेश्वर मावि पकरवासबाट कक्षा ८ को बार्षिक परिक्षामा २२ जना विद्यार्थी सहभागि भएकोमा ८ जनाले मात्र उत्र्तिण गरेका छन् । पकरवासकै भिमेश्वर प्रशुन कँडेल माविले १० प्रतिशत मात्र विद्यार्थी उत्र्तिण गराएको छ । उक्त माविबाट बार्षिक परिक्षामा ४२ जना विद्यार्थी सहभागि भएकोमा जम्मा ४ जना मात्र उत्र्तिण गरेको नतिजा सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले