कालोपत्र भएका सडक धुलाम्मे, मर्मतमा चासो छैन्
7 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – गोकुलगंगा गाउँपालिका भित्र बागमति प्रदेश सरकारले कालोपत्र गरेको सडक धेरै ठाउँमा भत्किएको छ । हिलो, धुलो र खाड्ल परेको धेरै समय भइसक्दा पनि फेरी कालोपत्र गर्ने तर्फ प्रदेशको सुरसारै छैन् । सडक बनाउन करोडौं लगानी गर्ने निकायले मर्मतका लागि लाखौं खर्च गर्ने चासो नदिदा जिल्लाका पूर्वाधारहरुमा क्षति हुने क्रम तिव्र बढेको छ भने सर्वसाधारणले सुविधाजनक यात्रा गर्न कठिनाई हुनथालेको छ ।
राजनीतिक नेताहरुले भाषण गर्दा खिम्ती देखि झण्डै रस्नालु सम्मको सडक कालोपत्र गरेको भन्न अझै छोडेका छैनन् । तर ४ बर्ष अघी भएको उक्त कालोपत्र भत्किएको ठाउँले उनीहरुलाई गिज्याईरहेको छ ।
एकातिर कालोपत्रको गुणस्तरका कारण कतिपय स्थानमा खाडल परेको छ भने अर्को तिर बर्षायाममा झरेको पहिरोले सडक विगारेको छ । त्यस्तो स्थानमा स्थानीय पालिका र प्रदेश सरकारका तर्फबाट यातायात खुलाएपनि सडकको मर्मत गरेर दुरुस्त वनाउन दुवैले सकेका छैनन् ।
सडकको कालोपत्र र निर्माण सम्बन्धी जिल्लामा काम गर्ने प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर रामरतन साहका अनुसार कालोपत्र सडक भत्किदा मर्मत गर्ने दुईटा विकल्प छन् । पहिलो निर्माण विकल्प सकिएको १ बर्ष सम्म सडक बिग्रे भत्केमा कालोपत्र गर्ने निर्माण व्यवसायीलेनै मर्मत गर्नुपर्छ । तर निर्माण पुरा भएको १ बर्ष वितेपछि बिग्रे भत्केको सडक भने सरकारलेनै मर्मत गर्नुपर्ने हुन्छ ।
खिम्ती – नामाडि– बेताली सडक कालोपत्र भएको ४ बर्ष भयो । अव उक्त सडक प्रदेश सरकारलेनै मर्मत गर्नुपर्ने हो । तर कालोपत्र सडकको मर्मतका लागि जिल्लामा कार्यक्रम र बजेट आउदैन्् । बागमति प्रदेश सरकारले सडक मर्मत सुधारका लागि सिमित पैसा पठाउछ, उक्त पैसा बर्षायाममा झरेका पहिरो र बगेको सडक सुधार गर्दै सकिन्छ ।
जिल्लामा पूर्वाधार विकास कार्यालयले विभिन्न सडकको कालोपत्र गरेको छ । सित्खा – गोगनपानी – पकरवास –मन्थली, खैरेनी – चापाडि, हलेदे–तिल्पुङ, लुभु – खनियापानी, कालचौतारा – सिंगटी, भुतेखोला–कठजोर, देविटार–फुसासी–पोखरी, मन्थली–ठुलीमदौं–रालटार, मन्थली–सुनारपानी –सालु , मन्थली– चिसापानी, गेलु–सिक्राल र मन्थली – अर्चले जस्ता विभिन्न सडकमा प्रदेश सरकारले करोडौं लगानी गरेर कालोपत्र गरेको हो । अहिले ति मध्ये अधिकांश सडकमा खाडल परेका छन् । ठाउँ ठाउँमा कच्चि सडक भन्दा पनि असजिलो यात्रा गर्नुपरेको गुनासो यात्रुहरुको छ । कालोपत्र गरिएका भनिएका सडक धुलाम्मे छन् ।
‘कालोपत्र सडक विभिन्न स्थानमा विग्रे भत्केका छन्’ मन्थली ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ भन्छन् – बर्षाले विगारेको सडक मर्मतका लागि धेरै पटक अनुरोध गर्दा पनि सम्बन्धीत निकायले चासो नदिएपछि स्थानीयले आफैले सफा गरेका छौं । मन्थली चिसापानी सडक खण्ड केहि दिन अघी उनको सक्रीएतामा सफाई गरीएको थियो । बर्षायाममा विभिन्न स्थानमा झरेको पहिरो सिमित मात्रामा पन्छाएर गाडि संचालन गरेपनि थप मर्मतको काम हुन नसकेको उनले वताएका छन् ।
संघीय सरकारले कालोपत्र गरेको सडकमा हरेक बर्ष मर्मतका लागि कार्यक्रम राख्ने गरेको छ । पूर्वाधार थप गर्ने, खाल्डाखुल्डी टाल्ने, कालापत्र थप्ने लगाएतका काम संघीय सरकारले सडक विभाग मार्फत गर्ने गर्छ । तर प्रदेश सरकारले हाल सम्म आफुले गरेका कालोपत्र सडकमा संघीय सरकारको जस्तो मर्मतका लागि कार्यक्रम राख्ने गर्दैन् ।
ईन्जिनियर साहका अनुसार आगामी बर्षको कार्यक्रममा कालोपत्र सडक मर्मत सुधारका लागि कार्यक्रम बनाएरै माग गर्ने तयारीमा पूर्वाधार कार्यालय छ । यस अघी त्यस्तो कार्यक्रम मागिएको पनि थिएन । सामान्य मर्मत भनेको अवरुद्ध सडक मर्मत र पहिरो पन्छाउने लगाएतका कामका लागि खर्च गर्ने र कार्यक्रममा सडकको नामै तोकेर मर्मत गर्न मागेको बजेटले कालोपत्र गरीएका सम्बन्धित सडकको सुधार गर्ने योजनामा कार्यालय जुटेको हो । ‘आशा गरौं आगामी कार्यक्रममा सडक मर्मतका लागि केहि न केहि प्रदेशको कार्यक्रम पर्छ ’ साहले भने ।
स्थानीय सरकारले कालोपत्र गरेका सडकको हविगत पनि उस्तै छ । मन्थलीको देवकोटा चोक देखि बसपार्क सम्म पुग्ने सडक र रामेछाप नगरपालिकाका ७ सुकाजोरमा स्थानीय सरकारले गरेका कालोपत्र मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । ‘थोरै क्षति हुदैमा कालोपत्र टालिएन या मर्मत गरिएन भने सडक चाडै विग्रन्छ’ स्थानीय विरवहादुर कार्की भन्छन् – सम्बन्धीत निकायले यसमा चाडै ध्यान दिउन ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
