रामेछाप । गृह मन्त्रालयमा सरुवा भएका रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको मंगलबार विदाई गरिएको छ । गृह मन्त्रालयले आईतबार पौडेलको मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सह सचिवको दरवन्दी भएको जिल्ला रामेछापमा सरकारले उनलाई गत असोजमा प्रजिअको जिम्मेवारी दिएर पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, रामेछाप उद्योग वाणिज्य संघ लगाएतले पौडेलको विदाई गरेका छन् । रामेछाप उद्याग वाणिज्य संघले मंगलबार गरेको विदाई कार्यक्रममा पौडेलले आफु रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउना साथ जिल्लाले ठुलो विपतको सामना गर्नु परेको र त्यस विपतलाई सवैको सहयोगले चाडै व्यवस्थापन गर्न सकेको वताए । वजार अनुमगनका साथै अन्य रचनात्मक कार्य गर्दा समन्वयमा काम गर्न सकेको उनले स्मरण गरे । कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रदीपकुमार सिंहको पनि विदाई गरिएको थियो । उनको सरुवा प्रहरी प्रधान कार्यालयमा भएको हो ।
सरकारले तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रजिअमा सरुवा गरेको छ । त्यसैगरी प्रहरी नायव उपरिक्षकको रुपमा भोलाकुमार भट्टको सरुवा भएको छ । भट्ट यसअघी अपराध अनुुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए ।
