+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

प्रजिअ पौडेलको विदाई

7 महीना पहिले प्रकाशित

रामेछाप । गृह मन्त्रालयमा सरुवा भएका रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको मंगलबार विदाई गरिएको छ । गृह मन्त्रालयले आईतबार पौडेलको मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सह सचिवको दरवन्दी भएको जिल्ला रामेछापमा सरकारले उनलाई गत असोजमा प्रजिअको जिम्मेवारी दिएर पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, रामेछाप उद्योग वाणिज्य संघ लगाएतले पौडेलको विदाई गरेका छन् । रामेछाप उद्याग वाणिज्य संघले मंगलबार गरेको विदाई कार्यक्रममा पौडेलले आफु रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउना साथ जिल्लाले ठुलो विपतको सामना गर्नु परेको र त्यस विपतलाई सवैको सहयोगले चाडै व्यवस्थापन गर्न सकेको वताए । वजार अनुमगनका साथै अन्य रचनात्मक कार्य गर्दा समन्वयमा काम गर्न सकेको उनले स्मरण गरे । कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रदीपकुमार सिंहको पनि विदाई गरिएको थियो । उनको सरुवा प्रहरी प्रधान कार्यालयमा भएको हो ।

सरकारले तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रजिअमा सरुवा गरेको छ । त्यसैगरी प्रहरी नायव उपरिक्षकको रुपमा भोलाकुमार भट्टको सरुवा भएको छ । भट्ट यसअघी अपराध अनुुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले