रामेछाप । मन्थली नगरपालिका १३ फुलासीको चिण्डे क्षेत्रमा आज अपरान्ह परेको असिनाले बालिनाली र फलफुलमा क्षति पु¥याएको छ ।
फुलासी क्षेत्रमा झण्डै आधा घण्टा सम्म असिना परेको थियो । असिनाले जुनार सुन्तलाको दाना झार्नुका साथै मकैको विरुवा क्षति गरेको पूर्व वडा अध्यक्ष राजेन्द्र चौहानले जनाएका छन् ।
यसैगरी रस्नालु, बेताली क्षेत्रमा पनि असिना पानीले बालिनाली र फलफुलमा क्षति पुगेको जनाइएको छ ।
