+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

ज‌ंङ्गलका बिचमा लाेभलाग्दा पाेखरी 

2 दिन पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । जंगलको विचमा सफा पानी भरिएका लाेभलाग्दा पोखरी । गर्मी बढेसगैं त्यहि पोखरीको पानीमा मयुर र अन्य चराचुरुङ्गी मज्जाले डुब्दै निस्कदै भुर्रभुर्र गरेर पँखेटा फालेर जिउ नचाएकाे लोभलाग्दो दृष्य अहिले सानीमदौ सामुदायिक बन क्षेत्रमा देख्न पाईन्छ । तिर्खाएका जंगली जनावर पनि कयौं टाढा देखि त्यहि पोखरीलाई निशाना बनाएर धाउने गरेका छन् । जहाँ उनीहरुलाई जंगलमानै बाँच्नका लागि जिवनरुपी पानी भरिएको छ ।

पोखरीले बन्यजन्तु र चराचुरुङ्गीले मात्र लाभ लिएका छैनन् । वातावरण संरक्षण र हरियाली बनाउन पनि ठुलो सहयोग गरेका छन् । यसको सिकाईले जमिनमा रिचार्ज गर्ने उद्धेश्श्यले यो बर्ष मन्थली नगरपालिका १ को सानीमदौ सामुदायिक बन क्षेत्र भित्र थप २ वटा पोखरी निर्माण हुने भएका छन् ।

पहिले उक्त बन क्षेत्रमा रहेका पोखरीबाट जमिनमा पानी रिचार्ज गर्न र जनावरहरुलाई पानीको पहुँच बढाएको अनुभवका आधारमा थप दुई पोखरीको निर्माणको प्रकृया डिभिजन बन कार्यालय रामेछापले अघी बढाएको हो । त्यसका लागि डिभिजन बन कार्यालयले प्रति पोखरी दश दश लाख खर्चदैछ ।

मन्थली नगरपालिका भित्रकै ठुलो सामुदायिक बन क्षेत्रमा पर्ने सानिमदौ सामुदायिक बन क्षेत्रको बरबोटे र सलिटारमा यसअघी पोखरी निर्माण गरीएका थिए । उक्त पोखरीहरुले प्रभावकारी काम गर्दै आएका छन् । बरबोटे पोखरी र सलिटार दुवै पोखरीमा पानी जम्मा गर्न हिउँदमा पनि पाईपको प्रवन्ध गरी पानी हाल्ने गरिएको सानिमदौ समुदायिक बन उपभोक्ता समितिका सचिव युवराज सुवेदीले वताएका छन् ।

जंगलमा चितुवा स्याल, मृग लगाएतका जनावर र चराचुरुङ्गीलाई बन क्षेत्रको एकलासमा रहेको पोखरीमा जमेको पानीले जिवन दिएको छ । यसअघी बन क्षेत्रमा पानी नपाईने भएकाले जंगली जनावरहरु सानीमदौको बेसी क्षेत्र सम्म आउने गरेका थिए । अहिले हम्मेसी बेसी क्षेत्रमा चितुवा भेटिएका छैनन् ।

डिभिजन बन कार्यालय रामेछापका बन अधिकृत मिलन बुढाका अनुुसार सामुदायिक बन क्षेत्रमा बर्षायाममा पर्ने पानीलाई भलबाढीबाट खेर जान नदिई पोखरीमा जम्मा गर्ने र हिउँद याममा उक्त पानीले जमिनमा पानीको रिचार्ज गर्ने उद्धेश्यले पोखरीहरु निर्माण गर्ने कार्यक्रम राखिएको हो । वातावरणको संतुलन र बन्यजन्तु तथा चराचुरुङ्गीले समेत त्यसबाट लाभ पाएका छन् ।

डिभिजन बन कार्यालयमा यस बर्ष सामुदायिक बन क्षेत्रमा पोखरी निर्माणका अरु कार्यक्रम पनि छन् । तर नाम र लागत नतोकिएका पोखरीको लागि आवेदन परेको छैन् । सामुदायिक बनले माग गरेको आधारमा र पोखरीको निर्माणमा सामाग्री ढुवानी देखि आकार समेतले लगानी तल माथि पर्छ । ‘डिभिजन बन कार्यालयमा प्राप्त रकमले यति वटानै पोखरी निर्माण गर्ने भन्ने भन्दा पनि लागतले धाने सम्मको काम गर्ने योजनामा छौं ’ बन अधिकृत वुढाले भने ।

सामुदायिक बन क्षेत्रमा पोखरी निर्माण गरी बर्षाको पानी संकलन गरी जमिनमा रिचार्ज गर्ने गरी यस अघी पनि विभिन्न स्थानमा पोखरीको निर्माण अभियान थालिएको थियो । खासगरी खाँडादेवि गाउँपालिका वडा नम्बर ३, ४ र ५ का जंगल क्षेत्रमा धेरै पोखरीको निर्माण भएका छन् । त्यसले सकारात्मक प्रभाव परेको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वताएका छन् ।

सानीमदौ सामुदायिक बन उपभोक्ता समितिको सक्रियतामा निर्माण भएको बरबोटेको पोखरीले आन्तरिक पर्यटक समेत तान्ने गरेको छ । जंगलको विचमा रहेको सफा पानी भरिएको पोखरीमा गर्मी मौसममा पौडी खेल्ने र त्यहि आसपास बनभोजमा जाने समेत गरिएको छ ।

पोखरी निर्माणले आसपासमा लगाइएका विरुवाहरुमा सिंचाई गर्ने र बन डढेलो नियन्त्रणमा ठुलो सहयोग पुगेको सानीमदौ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद सुवेदीले वताएका छन् । सुवेदीका अनुसार सानीमदौको पोखरीले बन संरक्षणकर्मी र वातावरणविदहरुको आँखा तानेको अवस्था छ । पोखरीहरु जंगलको विचमा मानवको हम्मेसी पहुँच नहुने स्थानमा रहेकाले जंगली जनावार र चराचुरुङ्गीलाई बढी लाभ मिलेको अनुभव उनको छ ।

झण्डै २० बर्ष देखि रामेछापको दक्षिणी क्षेत्र खडेरीको चपेटामा पर्दै आएको छ । हम्मेसी पानी नपर्ने र परिहालेमा ठुलो परेर पाखैपाखा बगेर जाने गरेकोले बन क्षेत्रमा रहेका रुख विरुवाहरुले प्रयाप्त पानी पाउन छोडेको अवस्थामा पोखरी निर्माण गर्ने अभियानले त्यस आसपासमा हरियाली बढन थालेको अनुभव स्थानीय बासिन्दाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

असिनाले फलफुल र बालिनालीमा क्षति

रामेछाप । मन्थली नगरपालिका १३ फुलासीको चिण्डे क्षेत्रमा आज अपरान्ह परेको असिनाले बालिनाली र फलफुलमा क्षति पु¥य..

18 घन्टा पहिले

मुस्ताङमा जलवायु संकट

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु संकट देखा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण मुस्ताङमा खानेपानीका ..

1 दिन पहिले

ज‌ंङ्गलका बिचमा लाेभलाग्दा पाेखरी 

टीकाप्रसाद भट्ट रामेछाप । जंगलको विचमा सफा पानी भरिएका लाेभलाग्दा पोखरी । गर्मी बढेसगैं त्यहि पोखरीको पानीमा मय..

2 दिन पहिले

गेलु आगलागि पिडितलाई राहत हस्तान्तरण

रामेछाप । गएराति भएको आगालागिबाट बसोसास गर्ने घर गुमाएका मन्थली ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठको परिवार..

2 दिन पहिले

गेलुमा आगलागीबाट २ घर नष्ट, आगो निभाउने क्रममा ३ जना घाईत..

रामेछाप । विद्युत सर्ट हुदाँ घरमा भएको आगलागिमा परी मन्थली नगरपालिका ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठ घाई..

2 दिन पहिले