+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

गेलु आगलागि पिडितलाई राहत हस्तान्तरण

7 महीना पहिले प्रकाशित

रामेछाप । गएराति भएको आगालागिबाट बसोसास गर्ने घर गुमाएका मन्थली ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठको परिवारलाई शनिबार विभिन्न निकायले घटनास्थलमा पुगेर राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ सहित पुगेका टोलीले नगरपालिकाका तर्फबाट विभिन्न राहत सामाग्री हस्तान्तरण गरेको छ । त्यसैगरी जिल्ला विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी र मन्थली बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न, ओड्ने ओछ्याउने, त्रिपाल, भाडा बर्तन र अन्य अत्यावश्यक सामाग्रीहरु आगलागि पिडित परिवारलाई घटनास्थलमानै पुगेर हस्तान्तरण गरेका छन् ।

गए राति विद्युत चुहावट भई लागेको भनिएको आगोले श्रेष्ठका २ घर जलेर नष्ट भएका थिए । आगोमा परेर नगद ६ लाख ५० हजार, सुनचाँदीका गहना, २५ वटा खसि बाख्रा, अन्न र लत्ता कपडा जलेका थिए । राति साँढे ९ बजे देखि सुरु भएको आगो आज विहान साढे ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।

यसैविच आगोले घर ध्वस्त भएका परिवारलाई अस्थायी रुपमा वसोवास गराउनका लागि जिल्ला स्थित सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गर्ने काम थालेका छन् । सो कार्यका लागि खग्गदल गण बाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरीहरु सम्लग्न रहेको जनाइएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य समेत प्रहरीले थालेको वडा अध्यक्ष भीमवहादुर थापामगरले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले