रामेछाप । विद्युत सर्ट हुदाँ घरमा भएको आगलागिमा परी मन्थली नगरपालिका ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठ घाईते भएका छन् । आगो निभाउने क्रममा अरु २ जना घाईते भएको स्थानीय बुद्धीवहादुर श्रेष्ठले जनाएका छन् ।
गजपानीका फष्टवहादुर श्रेष्ठका २ वटा घर आगलागिबाट पूर्ण रुपमा जलेका छन् । बेलुका साँढे ९ वजे ठुलो आवाज सहित आगलागि सुरु भएको थियो । घरमा ग्याँस सिलिण्डर नभएकोले विद्युत मिटर पड्केर आगलागि सुरु भएको आशंका स्थानीयले गरेका छन् ।
आगोले दुई घर र घरमा रहेका सुन चाँदी र नगद साँढे ६ लाख, अन्न पात र लत्ता कपडा सवै जलेका छन् । घरमा ठुलो मात्रामा अन्न रहेको थियो । आगोमा परेर २५ वटा खसीबाख्रा समेत मरेका छन् । २ वटा भैंसी भने फुकाएर धपाउन भ्याएकाले जोगिएका छन् । आगो लागेपछि बेहोस भएकी फत्तवहादुरकी श्रीमति सहित अन्य घाईतेहरुलाई उपचारका लागि एम्बुलेन्समा मन्थली अस्पताल ल्याइएको छ ।
आगो लागेको जानकारी गराएपछि प्रहरी चौकी खिम्ती र पोखरीडाडाँ दुवै तर्फबाट प्रहरी समेत घटनास्थलमा पुगेका थिए । स्थानीय बासिन्दा र प्रहरी समेतको सहयोगमा विहान साँढे ३ बजे आगो नियन्त्रणमा आएको थियो ।
