गेलुमा आगलागीबाट २ घर नष्ट, आगो निभाउने क्रममा ३ जना घाईते
7 महीना पहिले प्रकाशित
रामेछाप । विद्युत सर्ट हुदाँ घरमा भएको आगलागिमा परी मन्थली नगरपालिका ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठ घाईते भएका छन् । आगो निभाउने क्रममा अरु २ जना घाईते भएको स्थानीय बुद्धीवहादुर श्रेष्ठले जनाएका छन् ।
गजपानीका फष्टवहादुर श्रेष्ठका २ वटा घर आगलागिबाट पूर्ण रुपमा जलेका छन् । बेलुका साँढे ९ वजे ठुलो आवाज सहित आगलागि सुरु भएको थियो । घरमा ग्याँस सिलिण्डर नभएकोले विद्युत मिटर पड्केर आगलागि सुरु भएको आशंका स्थानीयले गरेका छन् ।
आगोले दुई घर र घरमा रहेका सुन चाँदी र नगद साँढे ६ लाख, अन्न पात र लत्ता कपडा सवै जलेका छन् । घरमा ठुलो मात्रामा अन्न रहेको थियो । आगोमा परेर २५ वटा खसीबाख्रा समेत मरेका छन् । २ वटा भैंसी भने फुकाएर धपाउन भ्याएकाले जोगिएका छन् । आगो लागेपछि बेहोस भएकी फत्तवहादुरकी श्रीमति सहित अन्य घाईतेहरुलाई उपचारका लागि एम्बुलेन्समा मन्थली अस्पताल ल्याइएको छ ।
आगो लागेको जानकारी गराएपछि प्रहरी चौकी खिम्ती र पोखरीडाडाँ दुवै तर्फबाट प्रहरी समेत घटनास्थलमा पुगेका थिए । स्थानीय बासिन्दा र प्रहरी समेतको सहयोगमा विहान साँढे ३ बजे आगो नियन्त्रणमा आएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
