+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मन्थली अस्पतालमै १६ जना महिलाको पाठेघरको शल्यक्रिया

7 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिकाको आयोजनामा मन्थली अस्पतालमा संचालित स्त्री रोग उपचार तथा शल्यक्रिया शिविरमा १६ जना महिलाहरुको पाठेघरको शल्यक्रिया गरी निकालिएको छ । मन्थली अस्पतालमानै यति धेरै शल्यक्रिया मार्फत पाठेघरको उपचार गरिएको यो पहिलो पटक हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार गएको आईतबार देखि संचालन गरिएको उक्त शिविरमा जिल्लाका विभिन्न भागबाट आएका ३ सय ७५ जना महिलाहरुको रोग परिक्षण समेत गरिएको थियो । त्यस मध्ये ३० जनाको पाठेघरका विभिन्न संक्रमणहरुको उपचार, ४६ जना महिलाहरुको पाठेघरमा रिङ राख्ने कार्य र अन्य रोगका १० जनाको उपचार गरिएको थियो । बर्षौदेखि रोग पालेर बसेका महिलाहरुले शिविर मार्फत सहज उपचार पाएका थिए । काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा शल्यक्रिया गर्दा १ लाख भन्दा बढी खर्च लाग्ने उक्त कार्य मन्थली अस्पतालमा अत्यन्त न्यून शूल्क लिएर गरिएको धामीले वताए ।

६ दिन शिविरमा विराट मेडिकल कलेज विराटनगरकी स्त्री रोग विषेशज्ञ डाक्टर सवाना प्रधान, मन्थली अस्पतालका मेसु डा. केशवसिंह धामी लगाएतको स्वास्थ्यकर्मीको टोलीले सेवा पु¥याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले