खानेपानी याेजनामा गम्भिर लापरवाहि, योजना पुरा नहुदै पाईप क्षतिग्रस्त
7 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – रामेछापको हाल सम्मकै ठुलो लगानीमा निर्माणाधिन वृहत खानेपानी योजनाको मुख्य पाईपलाईन पानी संचालन नहुदै बाढीले क्षतिग्रस्त पारेको छ । आयोजनाले गम्भिर लापरवाहि गर्दै मुख्य लाईनको पाईप वीच खोलाबाट विच्छ्याएको थियो ।
तामाकोशीको किनारबाट लिफ्ट गरेर सालु सम्म पुग्ने उक्त पाईपलाई सुकाजोर खोलाको विचबाटै विच्छ्याइएको छ । विच खोलामा पाईप लाईन वनाउदा बाढीबाट हुन सक्ने क्ष्ँतिलाई प्रँविधिकले ख्याल गरेका थिएनन् । तर गएको बैशाखको पहिलो साता आएको बाढीले उक्त पाईप ठाउँ ठाउमा भाँचेको छ । सुकाजोरमा आएको उक्त बाढी सामान्यनै थियो ।
बाढी आउने र पाईप संरचना क्ष्ँति पुग्ने जानकारी भएर पनि योजना निर्माणमा लापरवाहि भएको गुनासो पटक पटक स्थानीयले गरेका भएपनि सम्बन्धित कार्यालयले अटेर गर्दै पाईप लाईन बैकल्पिक स्थानमा बाट लाने काम गरेको थिएन् ।
’यो एकै झप्काको बाढीले लान्छ’ सुनारपानीका हिरालाल आचार्यले सुकाजोर खोलाको विचमा विच्छ्याइएको खानेपानी पाईप देखाउदै भनेका थिए । अहिले उनकै अनुमान अनुसार एकै पटकको बाढीले पाईप ठाउँ ठाउँमा टुक्रा पारीदिएको छ ।
निर्माण व्यवसायीलाई काम गर्न सहज हुने गरी पाईप विच खोलाबाटै विच्छ्याउदा प्राविधिकहरुले आंखा चिम्लिएको गुनासो आचार्यले गरेका थिए । प्राविधिकहरुलाई योजना सम्पन्न गर्ने कुराको मात्र चासो छ । पाईपलाईन राखिएको सुकाजोर खोला त्यहि हो , जुन खोलाले हरेक बर्ष खेतियोग्य जमिन काटेर वगर वनाउने गरेको छ । पाईप रहेको स्थान सुरक्षित हैन् । उक्त क्षेत्र हरेक बर्ष बाढीप्रभावित क्षेत्र रहेको उनले वताए ।
रामेछाप वृहत खानेपानी योजनाको तीन बर्ष देखि काम थालिएको हो । ९० करोड भन्दा बढी लगानी हुने उक्त योजनाबाट सालु, देउराली, हिमगंगा, सुनारपानीमा वसोवास गर्ने २ हजार ६ सय घर परिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । यति ठुलो क्ष्ँेत्रमा भोलीका दिनमा दैनिक खानेपानी आपूर्ति गर्ने योजनाको पाईप लाइन बाढीजन्य स्थानबाट विच्छ्याउनु गम्भिर त्रुटी रहेको आचार्यले भने । ‘योजना निर्माण सकिनु एउटा कुरा होला तर यो त बर्षौ सम्म उपभोक्ताले संरक्षण गरेर पानी उपयोग गर्ने योजना भएकाले अहिलेनै यस बारेमा सचेतना पुग्नुपर्ने उनले वताए । खानेपानी संचालन भएका बेला पाईप लाईनमा क्षति पुग्यो भने नागरिक तिर्खै पर्ने भन्दै अहिलेनै त्यसमा सुधारको खाँचो रहेको उनले वताए ।
योजना निर्माणमा सम्लग्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना रामेछापका तत्कालिन सूचना अधिकृत तथा साईट ईन्चार्ज रंजित ठाकुरले उक्त योजनामा राखिएको पाईप विषेश गुणस्तरको भएकाले खोलामा विच्छाउदा पनि केहि नहुने वताएका थिए । ठाकुरका अनुसार योजनाको डिपीआर गर्ने कन्सल्टेन्सीले गरेको डिजाईन बमोजिमकै स्थानबाट पाईप विच््छाइएको हो । बाढीबाट पाईप लाइनमा क्षति पुग्न सक्ने कुरा तर्फ भने ख्याल नपुगेको उनले वताए ।
‘मैले यो विषयमा पटक पटक सुधारको लागि भनेको हो’ मन्थली नगरपालिका वडा नमबर १ का वडा अध्यक्ष होमप्रसाद पौडेल भन्छन् – मैले भनेको मानेनन् । अहिले बाढीले क्षति गरेको स्थानमा टालटुल गरेर पानी चलाएपनि भोलीका दिनमा निम्तिने बाढीजन्य विपतले उक्त योजनाको संरचना मात्र क्षति मात्र गर्दैन् सयौं नागरिकले महिनौ खानेपानी पाउदैनन् । उनले खोलामा विछ्याएको पाईपलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
